Search

हातपात भएको भन्दै मेलुङ गाउँपालिका अध्यक्ष श्रेष्ठद्धारा जाहेरी दर्ता

हातपात भएको भन्दै मेलुङ गाउँपालिका अध्यक्ष श्रेष्ठद्धारा जाहेरी दर्ता

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले आफुमाथि हातपात भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिनुभएको छ । अध्यक्ष श्रेष्ठले आफुमाथि नियोजित ढंगले आक्रमण भएकोसोहि गाउँपालिकाका मान बहादुर थोकर विरुद्ध जाहेरी दर्खास्त दिनुभएको हो । जाहेरीमा थोकरले आफुलाई अपसब्द प्रयोग गरि डर र त्रासमा पारि सार्वजनिक स्थलमा कठालो समाई अवद्र व्यवहार गरेको उल्लेख गर्नुभएको छ ।

गएको भदौ ११ गते दिउँसो गाउँपालिकाका अध्यक्ष श्रेष्ठ कार्यालयमा आर्थिक वर्ष २०७८÷०८९ को बजेट र विद्यालय सञ्चालनको विषयमा छलफल गरिरहेको अवस्थामा हातपात भएको थियो ।
उक्त घटनाको विरोध गर्दै गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, जिल्ला समन्वय समिति दोलखा, नेकपा एमाले दोलखा लगायतले घटनामा संलग्नलाई कारवाहिको माग गर्दै विज्ञप्ति जारी गरेको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment