Search

कोरोना सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका बालबालिकामा देखिन सक्छ जटिल रोग

कोरोना सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका बालबालिकामा देखिन सक्छ जटिल रोग

बाँपीझ्याला, काठमाण्डौं । कोरोना सङ्क्रमण भएको वा सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका दुईदेखि छ सातामा बालबालिकालाई ज्वरो आउने वा छालामा समस्या त आएको छैन् ? सचेत हुनुहोस् अहिले बालबालिकामा ‘मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम’ (एमआईएससी) जटिल समस्याका रूपमा देखिएको छ । कोरोना सङ्क्रमित भएको दुईदेखि छ साता रोग प्रतिरोधात्मक शक्ति अनियन्त्रणका कारणले यस प्रकारको रोग बालबालिकामा लाग्ने गरेको विशेषज्ञहरूको भनाइ छ ।

कान्ति बाल अस्पतालका निर्देशक अजित रायमाझीले कोरोना सङ्क्रमित भएको बेला कुनै पनि लक्षण नदेखिए पनि निको भएको छ हप्ताभित्र एमआईएससी देखिन सक्ने जानकारी दिए । ज्यानसम्म पनि जान सक्ने यो जटिलतामध्ये एउटा ठूलो जटिलता रोग हो जुन अहिले नेपालमा पनि बढेको पाइएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment