Search

समाजसेवी सकुना श्रेष्ठको “माईतीको आगन” छायाँछवि तीज म्युजिक अवार्ड –२०७८ मा मनोनयन

समाजसेवी सकुना श्रेष्ठको “माईतीको आगन” छायाँछवि तीज म्युजिक अवार्ड –२०७८ मा मनोनयन

बाँपीझ्याला, काठमाण्डौं । समाजसेवी, महिला उद्यमी एवं गायीका सकुना श्रेष्ठको “माईतीको आगन” लगायतका गितहरु यसपाली तिजको अवसरमा छायाँछवि तीज म्युजिक अवार्ड– २०७८ का मनोनयन सार्वजनिक गरिएको छ । “माईतीको आँगनमा” बोलको गितमा शब्द÷ संगीत एच.बि.सुनार, स्वर सकुना श्रेष्ठ मलेकु र मञ्जु उपासनाको रहेको छ ।

यसै गरी ऐरेन्ज साहस शाक्य, स्टुडियो एकोष्टीक नेपाल, मोडेल शिल्पा पोख्रेल र अञ्जु सुनार, अथिती कलाकारमा रमा थपलिया र देशभक्त खनाल, डाईरेक्टरमा उत्तम “शिशिर” कोरियोग्रोफिमा सुबोल थापा र मेकपमा सपना लम्साल रहेको छ । यसै गरी यस गितको बजार व्यवस्थापनको संयोजन बाँपीझ्याला मिडियो प्रा.लि. र अन्य व्यवस्थापनमा गायिका सकुना श्रेष्ठ आफै अध्यक्ष रहेको संस्था समकालिन एकता समाज नेपाल दोलखा काठमाण्डौंको गरिएको छ ।

समाजसेवी, महिला उद्यमी एव नव गायिका सकुना श्रेष्ठ

गत श्रावण १६ गते सार्वजनिक गरिएको उक्त “माईतीको आगन” बोलको गित सार्वजनिक भएको आजको दिनले ठिक ३२ दिन पुगेको छ । यसै गरी उक्त गित हेर्ने दर्शक महानुभाव एवं शुभचिन्तक भ्युअर १ लाख नाघेको छ भने गित शेयर गर्नेको संख्या हजारौ पुगेको छ । यसरी समाजसेवी श्रेष्ठको पहिलो गित यसरी प्रख्यात भएकोमा आफुलाई भाग्यामानी ठान्नु हुन्छ । यसै गरी हर्षित हुनुका साथै यस सुखद् कार्यमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरु, शुभचिन्तक महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्नै धन्यवाद दिनु भएको भनाई राख्नु भयो ।
यसै गरी समाजसेवी सकुना श्रेष्ठको अर्को गिती चक्का छिट्टै प्रकाशनमा ल्याउने पनी बताउनु भयो । जुन नेपाली नेवारी हुने समेत बताउनु हुन्छ ।

आठौं संस्करणको छायाँछवि तीज म्युजिक अवार्ड–२०७८ का लागि मनोनयनमा परेका गीत संगीतकर्मीहरुको सूची सार्वजनिक गरिएको हो । तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या विगतका वर्षहरुमा भन्दा यस पटक केही कमी आएको छ । तरपनि तीजका अवसरमा संलग्न हुने सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टारसर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने उद्देश्यका साथ छायाँछवी क्रिएशनले यो अवार्डको आयोजना गर्न लागेको जनाएको छ ।

मौलिक सांस्कृतिक पर्व तीजलाई आयोजक संस्थाले मनोरञ्जनको भन्दा पनि संस्कृतिको सम्बर्धन एवं प्रबर्धनसंग जोडेर अवार्ड आयोजना गरिरहेको जनाएको छ । आयोजकले कोरोना कहरबीच पनि यस पटक जे जति गीत निर्माण भए र दर्ता हुन आए, त्यसका लागि सम्पूर्णमा धन्यवाद अर्पण गरेको छ ।

अवार्ड वितरण कार्यक्रम यही भदौ २१ गते सोमबार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आयोजना गरिने बताइएको छ ।

अवार्डका लागि उत्कृष्ट पाँचको मनोनयन यस प्रकार छस्(

उत्कृष्ट तीज गीत मिक्सीङ
१। मनोज परीयार – सानीमाया
२। पवन विश्वकर्मा – माइतीको घर
३। मनोज परियार – पातली (३
४। राजु कार्की –सिङ्गापुरे साडी
५। विपिन आचार्य –हाइ मेरो जीन्दगी

उत्कृष्ट तीज गीत एरेञ्जर
१। राकेश सोनी – गर्छु माया गर्छु
२। पवन विश्वकर्मा – माइतीको घर
३। राकेश सोनी – घिन घिन मादल
४। राजेन्द्र बजगाई – फूलै फूल्यो तिउरी
५। झलक संगीतम् – रीमझिमे झरी

उत्कृष्ट तीज गीत नव गायिका
१। सकुना श्रेष्ठ मलेकु – माइतीको आगन
२। शिलाश्मा हमाल – झीलीमाई
३। विन्दु विसी – घिन घिन मादल
४। सरिता सुनार – लोभी बुढा
५। सारदा धिताल – सिङ्गापुरे साडी

तीज गीत मोडल पुरुष
१। राजेन्द्र लोहनी – लकडाउनले
२। दीपेन्द्र तिमील्सीना – पारी वन हरियो
३। अभिषेक खड्का – कलकन्ते काइयो
४। सुमन परियार – जुल्फि पालेको
५। रमेश थापा – मामली तनहु

तीज गीत मोडल महिला
१। अञ्जु सुनार – माईतीको आगन
२। साक्षी लम्साल – आँखा गयो नयाा चिजैमा
३। रोविशा रसाइली – गर्छु माया गर्छु
४। करिश्मा ढकाल – थोपडाले धोका दीयो
५। टीका जैशी – डालीमा पुतली भुरुभुरु

उत्कृष्ट तीज गीत छायांकार
१। मुकेश हुमागाई – आँखा गयो नयाा चिजैमा
२। प्रकाश खड्का – हङकङको साडी –२
३। दुर्गा पौडेल – कुरा काटन
४। रोनिश तामाङ – यसपाली त सोह्रै
५। अजय रेग्मी – टीकटक चलाउने

उत्कृष्ट तीज गीत सम्पादक
१। विनोद वम – आखा गयो नयाा चिजैमा
२। राजकुमार मगर – हङ्कङ्को साडी(२
३। विष्णु शर्मा – सानी
४। सुरेश राउत – सालको पात
५। प्रकाश धमला – अली अली लजाउदै

उत्कृष्ट तीज गीत नृत्य निर्देशक
१। स्मृति तिमील्सीना – अलि अलि लजाउदै
२। दिपेद्र तिमील्सीना – पारी वन हरीयो
३। केशवराज भट्ट – झिलिमाई
४। राजीव बलामी – फुलै फूल्यो तिउरी
५। स्मृति तिमील्सीना – सिङ्गापुरे साडी

उत्कृष्ट तीज गीत भीडियो निर्देशक
१। देवेन्द्र पाण्डे – टीकटक चलाउने
२। सुरेन्द्र वसेल – यस पालीको तीजमा
३। सुमन सागरजंग केसी स् जम्का भेट
४। प्रकाश धिताल – झिलीमाई
५। होम गुरुङ – मुग्लिन

उत्कृष्ट तीज गीत शब्द
१। ज्योति गुरुङ – परदेशको छोरी
२। राकेश सोनी – घिन घिन मादल
३। शिताष्मा भुषाल – स्वामीकी प्यारी
४। रमेश परियार – माईती देशौको
५। शुष्मा शाही ठकुरी स् सानी

उत्कृष्ट तीज गीत लय
१। एच वि सुनार – माईतीको आगन
२। रमेश परियार – माईती देशैको
३। ऋतु काडेल – अलि अलि लजाउादै
४। राकेश सोनी – गर्छु माया गर्छु
५। भुवन प्यासी – मखमली

उत्कृष्ट दोहोरी तीज गीत गायिका
१। भुमिका शाह – वाटुला
२। भावना आचर्य – टीकटक चलाउने
३। रमीला न्यौपाने – नाई भन्न पाईदैन
४। पुर्णकला बिसी – धिपी धिपी बत्ती
५। चिजा तामाङ – तारा जुन

उत्कृष्ट दोहोरी तीज गीत गायक
१। भागीरथ चलाउने – थोपडाले धोका दियो
२। सम्राट चौलागाई – सम्झीने पानी छम्किने
३। खेम सेञ्चुरी – धिपी धिपी बत्ती
४। खुमन अधिकारी – अब होला केही
५। भुवन प्यासी – मखमली

उत्कृष्ट तीज गीत गायिका
१। मन्जु उपासना– माईतीको आगन
२। ऋतु कडेल – अलि अलि लजाउादै
३। दीया नेपाल – पिलासे चोली
४। सुनिता दुलाल – परदेशकी छोरी
५। रोशनी रसाईली स् गर्छु माया गर्छु

उत्कृष्ट मौलिक तीज गीत गायिका
१। सुनिता दुलाल – स्वामीकी प्यारी
२। कल्पना काफ्ले – कम्मरै ढलमल
३। स्मृती गौतम – माईती देश
४। कला लम्साल – पातली(३
५। उमा श्रेष्ठ – तीजैको मेला

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!