Search

स्व. देवदास स्मृती सभामा बिभिन्न पत्रकारीता पुरस्कारबाट पत्रकार महासंघका पुर्ब केन्द्रिय सदस्य चिरञ्जीवी मास्के लगायत ६ जना पत्रकार सम्मानित

स्व. देवदास स्मृती सभामा बिभिन्न पत्रकारीता पुरस्कारबाट पत्रकार महासंघका पुर्ब केन्द्रिय सदस्य चिरञ्जीवी मास्के लगायत ६ जना पत्रकार सम्मानित

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लाको सदरमुकाम चरिकोट स्थित आज १६ औं देवदास स्मृति सभाको कार्यक्रमको अवशरमा बिभिन्न पत्रकारीता पुरस्कारबाट पत्रकार महासंघका पुर्ब केन्द्रिय सदस्य चिरञ्जीवी मास्के लगायत ६ जना पत्रकारहरु सम्मानित भएका छन् । आज पत्रकार महासघ चरिकोट दोलखाको सभाभवनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अथिती एवं भीमेश्वर नगरपालीकाका नगर प्रमुख भरतबहादुर केसीको हातबाट पुरस्कार वितरण गरिएको थियो ।

यसरी बिभिन्न पुरस्कारहरुबाट सम्मानित हुनेहरुमा रबिन्द्र स्मृति पत्रकारीता पुरस्कारबाट प्रेस काउन्सिलका सदस्य एबम नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रिय सदस्य चिरञ्जीवी मास्के, देवदास पत्रकारीता पुरस्कारबाट नेपाल समाचार पत्र कार्यरत पत्रकार सन्तोषी कार्की, स्व. इन्द्र मणि पत्रकारीता पुरस्करबाट नेपाल पत्रकार महासंघ दोलखा शाखाका उपाध्यक्ष एबम दीक्षण राष्ट्रिय दैनिकका प्रकाशक सम्पादक शृजन कुमार घिमिरे, बिकास पत्रकारीताबाट नेपाल प्रेस युनियन दोलखाका कोषध्यक्ष एबम नेपाल पत्रकार महासंघ दोलखा शाखा सदस्य गोकर्ण भण्डारी सुजल पत्रकारीता पुरस्कारबाट गोरखापत्र दैनिकका दोलखा सम्वाददाता पत्रकार बाबुराम शर्मा र पशुपति चौलागाईं स्मृति गणतान्त्रिक पत्रकारीता पुरस्कार बाट तामाकोसी एफएमका स्टेशन म्यानेजर दिपक बस्नेत सम्मानित हुनु भएको छ ।

यसै गरी दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नंं २ निवासी स्वर्गिय हेमकृष्ण कुमारी प्रधानको स्मृतीमा राखिएको “हेमकृष्ण कुमारी प्रधान स्मृती महिला राष्ट्रिय पुरस्कार” बाट एक बर्ष दोलखा जिल्ला भित्रको उत्कृष्ठ महिला पत्रकार र एक बर्ष दोलखा जिल्ला बाहिरको उत्कृष्ठ पत्रकारलाई प्रदान गर्दै आएकोमा यस पटक समयको अभावले २०७७ को अवसरमा प्रदान गर्नु पर्ने उक्त पुरस्कार पत्रकार महासंघले गर्ने आगामी कार्यक्रममा सल्लाह गरेर मिलाएर सम्मानित गर्ने पारिवारीक श्रोतबाट थाहा भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!