Search

दोलखा जिल्लामा आज थप बाईस जनामा कोरोना पुष्टी

दोलखा जिल्लामा आज थप बाईस जनामा कोरोना पुष्टी

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लामा पछिल्लो चौविस घण्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालको पिसिआर ल्यावमा २४ जनाको स्वाव परिक्षण गरिएकामा ७ जना र जिल्लाको ९ वटै स्थानीय तहमा ३९ जनाको एन्टिजिन परिक्षण गरिएकामा १५ जना गरि कुल २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा भीमेश्वर नगरपालिकाका तीन पुरुष र दुई महिला, जिरी नगरपालिकाका एक पुरुष एक महिला, कालिञ्चोक गाउँपालिकाका एक पुरुष र एक महिला, विगु गाउँपालिकाका एक पुरुष, वैतेश्वर गाउँपालिकाका दुई महिला र तामाकोशी गाउँपालिकाका ४ पुरुष ६ महिला रहेका छन् ।

यस्तै आज १७ जना कोरोना संक्रमित निको भएका छन् । आज निको हुनेहरुमा जिरी नगरपालिकाबाट ५ पुरुष र ८ महिला, तामाकोशी गाउँपालिकाबाट १ पुरुष ३ महिला निको भएका हुन् । संक्रमित मध्य चरिकोट अस्पतालमा रहेको एचडियुमा ८ जना छन् भने सिंगटी अस्पतालमा २ जना र जिरी अस्पतालामा १ जना आइसोलेशन वार्डमा उपचाररत छन् ।

कोरोना संक्रमित मध्य ३ सय ३० जना होम आइसोलेशनमा बसि स्वास्थ्य लाभ लिईरहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!