Search

नेपाली काँग्रेस दोलखाले वडा अधिवेशन भाद्र १८ गते गर्ने

नेपाली काँग्रेस दोलखाले वडा अधिवेशन भाद्र १८ गते गर्ने

अजय प्रधान,
बाँपीझ्याला, दोलखा । नेपाली काँग्रेस जिल्ला समिती दोलखाले पार्टीको वडा स्तरिय अधिवेशन भाद्र १८ गते नै सम्पन्न गर्ने निर्णय गरेको छ । सदरमुकाम चरिकोटमा मंगलवार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले जिल्लाका सबै ७४ वटा वडा अधिवेशन एकैदिन सम्पन्न गर्ने निर्णय गरेको हो ।

पार्टी जिल्ला सभापति रुद्रबहादुर खड्काले केन्द्रीय कार्यसमितिले निर्धारण गरेको कार्यतालिका अनुसार नै वडा अधिवेशन गर्ने निर्णय भएको जानकारी दिए । बैठकले वडा अधिवेशन सम्पन्न गर्न निर्वाचन समितिको जिम्मेवारी नेपाल शिक्षक संघलाई दिने निर्णय पनि गरेको छ ।

वडा अधिवेशनबाट वडाका पदाधिकारीसहित क्षेत्रिय प्रतिनिधिहरु चयन हुने कांग्रेसको विधानमा व्यवस्था छ । मेलुङ गाउँपालिकाको पवटी, विगु गाउँपालिकाको खोपाचागु र तामाकोसी गाउँपालिका स्थित झुलेमा सक्रिय सदस्यता अझै टुंगो लागिसकेको छैन ।

ती वडाको समेत नामावली समावेश गरी अधिवेशन गराउने र त्रुटी भएका हकमा वडा मतादान अधिकृतले सच्याएर अधिवेशन सम्पन्न गर्ने निर्णय भएको सपभाति खड्काले बताए । ७४ वडा अधिवेशनबाट १५ सय ३ जना क्षेत्रिय प्रतिनिधि चयन भएर आउने कांग्रेसले जनाएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment