श्री मानन्धर
कल्पनामा सजिएको जिन्दगी
वास्तविकतामा आँउदा भताभुङ्ग भएछ ।
सपनामा अंगालेका खुसिहरुपनि
विपनामा आउदा विलाप भएछ
केहि पाउनु र केहि गुमाउनु
यहाँ परिस्थीतिको नियम रहेछ
आसो र हाँसोको संगम रहेछ
जिन्दगी
एउटा महल बन्छ आगो लाग्छ
अर्को महल बन्छ भुँईचालो लाग्छ ।
फेरी अर्को महल फेरि अर्को महल
विश्रङखलित सपनाहरुमा
एक एक महल ढल्दै जान्छ
महलहरु ईतिहासमा ढले वर्तमानमा
पनि ढलिरहेछन्
क्रमश
लाग्छ
कहि कसैले पनि बनाउन सक्ने छैनन
कहिल्यै पनि सपनाको सिङ्गो महल
सपनाको महलहरु
एकपछि अर्को वेनियम
सपनाको कुनै श्रृङखला छैन
मौन ताराको सन्नाता विचमै
आकस्मिक अनेकौ दृष्य प्रदर्षित हुन्छन्
म एक्लो दर्शक
मेरो सपनाहरु हेरी रहन्छु ।