Search

दोलखामा कृष्ण जन्माष्टमीको अवसरमा आज श्रीकृष्णलाई खटमा राखी हर्सोउत्लासका साथ शहर परिक्रमा सम्पन्न

दोलखामा कृष्ण जन्माष्टमीको अवसरमा आज श्रीकृष्णलाई खटमा राखी हर्सोउत्लासका साथ शहर परिक्रमा सम्पन्न

अजय प्रधान,
बाँपीझ्याला, दोलखा
। ऐतिहासिक शहर दोलखामा श्रीकृष्णको जन्म भएको हिजोको दिनलाई खुशीयालीका साथ हर्षोल्लास पूर्वक मानिएको छ । बाल गोपालको रुपमा भीमेश्वर भजन पाटीमा श्रीकृष्णलाई दर्शनको लागि राखेर आज बेलुका पख बाजागाजा साथ शहर परिक्रमा सम्पन्न गरिएको छ भनी गुठीयार बासु जोशीले बताउनु भयो ।

यसै सिलसिलामा कृष्ण जन्माष्टीको दिनलाई श्रीकृष्ण जन्मेको महान दिनको स्मरणमा दोलखाको तल्लोटोलमा अवस्थित महाता पाटी भजन मण्डलले श्रीकृष्णको जीवन चरित्र संग सम्बन्धित बासुदेव, देवकी, गोपिनी, गोठालो, कंसका दुत राक्षस, सुदामा, राधिका, मीरा आदि भूमिकामा आधारित पात्रहरुको अभिनयमा नृत्यनाटक र स्थानिय बाजागाजा, भजन सहित हिजो दोलखा शहर परिक्रमा गरिएको थियो भनी समाजसेवी भगवानदास श्रेष्ठले बताउनु भयो ।

फोटो : यमुना प्रधान

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!