Search

दोलखा जिल्लामा पछिल्लो चौविस घण्टामा थप ९ जनामा कोरोना पुष्टि, १८ जना संक्रमित निको

दोलखा जिल्लामा पछिल्लो चौविस घण्टामा थप ९ जनामा कोरोना पुष्टि, १८ जना संक्रमित निको

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
पछिल्लो चौविस घण्टामा दोलखा जिल्लामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको ९ वटै स्थानीय तहमा ८० जनाको एन्टिजिन परिक्षण गरिएकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

यसरी पछिल्लो चौविस घण्टामा कोरोना संक्रमण पुष्टि हुनेहरुमा भीमेश्वर नगरपालीकाका १ पुरुष १ महिला, कालिञ्चोक गाउपालीकाका १ महिला, तामाकोशी गाउपालीकाका ३ पुरुष ३ महिला रहेका छन ।
आज ९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ३६ पुगेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

यस्तै आज १८ जना संक्रमित निको भएका छन् । आज निको हुनेहरुमा भिमेश्वर नगरपालिकाबाट ७ पुरुष ३ महिला, जिरी नगरपालिकाबाट एक पुरुष २ महिला, कालिञ्चोक गाउँपालिकाबाट २ पुरुष ३ महिला निको भएका हुन् ।

संक्रमित मध्य चरिकोट अस्पतालमा रहेको एचडियुमा ७ जना छन् भने सिंगटी अस्पतालमा २ जना र जिरी अस्पतालमा एक जना आईसोलेशन वार्डमा उपचाररत छन् । कोरोना संक्रमण पुष्टि भएका ३ सय २६ जना होम आईसोलेशनमा बसि स्वास्थ लाभ लिईरहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!