Search

गएको आर्थिक वर्षमा एनएमबि फिफ्टीको नाफा १ अर्बभन्दा बढी

गएको आर्थिक वर्षमा एनएमबि फिफ्टीको नाफा १ अर्बभन्दा बढी

भदौ १५, बाँपीझ्याला, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको एनएमबि फिफ्टीले गत आर्थिक वर्ष ०७७÷ ७८ सम्ममा रू. १ अर्ब ६ करोड ९३ लाख १३ हजार नाफा आर्जन गरेको छ । आर्थिक वर्ष ०७६÷ ७७ मा उक्त योजनाको नाफा रू. ११ करोड २६ लाख १९ हजार रहेको थियो ।

गत वर्ष योजनाको आम्दानी रू. १ अर्ब १० करोड भन्दा बढी भएको छ भने जम्मा खर्च रू. ३ करोड ३२ लाखभन्दा बढी छ । योजनाको पूँजी रू. १ अर्ब २५ करोड रहेको छ भने जगेडा तथा कोषहरु रू. १ अर्ब ११ करोड ९६ लाखभन्दा बढी छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म उक्त योजनको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. १८ दशमलव ९६ रहेको छ । अघिल्लो वर्ष यसै अवधिसम्म यो मूल्य रू. १० दशमलव ९० रहेको थियो । उक्त योजनाको कुल सम्पत्ति रू. २ अर्ब ३८ करोड २ लाखभन्दा बढी रहेको छ भने कुल दायित्व रू. १ करोड ५ लाखभन्दा बढी छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment