Search

ऐतिहासिक शहर दोलखा स्थित कमल पोखरी पुनः निर्माण हुर्दै

ऐतिहासिक शहर दोलखा स्थित कमल पोखरी पुनः निर्माण हुर्दै

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
ऐतिहासिक शहर दोलखा भीमेश्वर नगरपालीका वडा नं. २ स्थित पाखलतीमा अवस्थीत कमल पोखरी पुनः निर्माण हुने भएको छ । आज एक कार्यक्रमका बिच भीमेश्वर नगरपालीका वडा नं. २ का अध्यक्ष बिराजमान श्रेष्ठले पुनः निर्माण गर्न लागिएको कमल पोखरीको शिलान्यास गर्नु गर्नु भएको हो ।

यसरी पुनः निर्माण गर्न लागिएको उक्त पोखरीको निर्माण कार्यमा सम्पूर्ण वडावासीहरुको सहयोग रहने र उक्त कार्यमा सहभागी हुन दोलखावासीहरुमा आग्रह सहित अनुरोध गर्नु भएको छ । कमल पोखरी वरिपरिको स्थलमा धारा तथा अन्य कार्यको पुननिर्माण कार्यको लागि कमल पोखरी तथा ढुङ्गेधारा निर्माण उपोभोक्ता समितीको पहलमा अभयपुर युवा क्लबको सहकार्यमा निर्माण सम्पन्न हुने थाहा भएको छ ।

यसरी निर्माण हुन गईरहको पोखरीको निर्माणमा अभियानमा सामुहिक सहभागीताको आवश्यक भएकोले सहयोगको गर्न भैरव कुमारी भवन निर्माण उपभोक्ता समितीका संयोजक एवं समाजसेवी गोपाल प्रधानले बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!