अजय प्रधान,
बाँपीझ्याला, दोलखा । ऐतिहासिक शहर दोलखामा श्रीकृष्णको जन्म भएको हिजोको दिनलाई खुशीयालीका साथ हर्षोल्लास पूर्वक मानिएको छ । बाल गोपालको रुपमा भीमेश्वर भजन पाटीमा श्रीकृष्णलाई दर्शनको लागि राखेर आज नगर परिक्रमा गर्ने प्रचलन रहेको छ ।
यसै सिलसिलामा कृष्ण जन्माष्टीको दिनलाई श्रीकृष्ण जन्मेको महान दिनको स्मरणमा दोलखाको तल्लोटोलमा अवस्थित महाता पाटी भजन मण्डलले श्रीकृष्णको जीवन चरित्र संग सम्बन्धित बासुदेव, देवकी, गोपिनी, गोठालो, कंसका दुत राक्षस, सुदामा, राधिका, मीरा आदि भूमिकामा आधारित पात्रहरुको अभिनयमा नृत्यनाटक प्रस्तुत गरेर बजार परिक्रमा गरिएको छ ।
यो परम्परागत संस्कृतिको प्रस्तुति संगै दोलखाको यस वर्षको गाईजात्रा पर्व पनि सकिएको छ ।