Search

उपत्यकाको फोहोर व्यवस्थापनका लागि पहल गर्न प्रधानमन्त्रीलाई मेयर शाक्यको पत्र

उपत्यकाको फोहोर व्यवस्थापनका लागि पहल गर्न प्रधानमन्त्रीलाई मेयर शाक्यको पत्र

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीज्युसँग छलफल भयो, उहाँ सकारात्मक हुनुहुन्छः मेयर शाक्य

बाँपीझ्याला, काठमाण्डौं । काठमाडौँ महानगरपालिका लगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिटो व्यवस्थापन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक बन्नुभएको छ । आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतसँगको छलफलमा प्रधानमन्त्री देउवा जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनका लागि सकारात्मक हुनुभएको हो ।

‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण विग्रिएको छ । त्यहि कारण केही दिनदेखि पूर्ण रुपमा फोहोर उठाउन सकेका छैनौँ,’ प्रधानमन्त्री देवासँगको छलफलपछि कुराकानी गर्दै प्रमुख शाक्यले भन्नुभयो, ‘सिसडोलसम्म फोहोर बोकेका गाडी लैजानका लागि सडक निर्माणको पहल गर्न हामीले प्रधानमन्त्रीज्युलाई आग्रह गर्र्यौ ।

उहाँले त्यहिबाट सडक विभागका डिजीलाई टेलिफोन सम्पर्क गरी आजैबाट तत्काल बाटो बनाउने कार्य थाल्न निर्देशन दिनुभयो ।’ प्रमुख शाक्यले प्रधानमन्त्रीले बोलाएर भन्दा पनि फोहोर व्यवस्थापनका लागि आफैले पहल गरेर प्रधानमन्त्रीसँग भेटघाट गरेको भन्दै बाटो निर्माण हुने वितिक्कै तुरुन्तै फोहोर उठाउन सकिने बताउनुभयो ।
‘प्रधानमन्त्री देउवासँगको भेटमा हामीले बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइड छिटो भन्दा छिटो निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने वातावरण निर्माण गर्न पनि आग्रह गरेका छौँ,’ शाक्यले भन्नुभयो, ‘भदौ ८ गते नै प्रधानमन्त्रीलाई पत्र पठाएर फोहोर व्यवस्थापनका लागि पहल गर्न आग्रह गरेको थिएँ । त्यसै अनुसार उहाँसँग भेटघाटका लागि समय मागेको थिएँ । आज भेटघाटको मिति तय भयो ।’

प्रमुख शाक्यले प्रधानमन्त्री देउवालाई पठाएको पत्रमा काठमाडौँ उपत्यकाको फोहोरमैलाको दीर्घकालिन समस्या समाधानका लागि निर्माणाधिन बञ्चरे डााँ स्यानीटरी ल्याण्डफिल साइडको हालसम्म पनि निर्माण कार्य सम्पन्न नभएको र सो ल्याण्डफिल साइटसम्म पुग्ने बाटो समेत निर्माण सम्पन्न हुन नसकेका कारण उपत्यकाको फोहोरमैला व्यवस्थापनमा अवरोध पुगेको उल्लेख गरिएको थियो । ‘यस अवस्थामा तत्काल उक्त बञ्चरे डाँडा ल्याण्डफिल्ड साइड र सो साइडसम्म पुग्ने बाटो अविलम्ब निर्माण सम्पन्न गरी काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनमा सहजताका लागि प्राथमिकताका साथ आवश्यक कारबाही अगाडि बढाई दिनुहुन अनुरोध गर्दछु,’ पत्रमा उल्लेख थियो ।

शाक्यले सिसडोलसम्म जाने बाटो निर्माणका लागि लाग्ने खर्च गर्न महानगरपालिका तयार रहेको पनि जानकारी दिनुभयो । ‘प्रधानमन्त्रीज्यु छिटो फोहोर व्यवस्थापन गर्न सकारात्मक हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइड छिटो भन्दा छिटो निर्माण सम्पन्न गरेर हामीलाई हस्तान्तरण गरेको अवस्थामा फोहोर व्यवस्थापन गर्न सहज हुन्छ ।’ सामान्य अवस्थामा दैनिक १ सय ५० ट्रक पुग्ने साइटमा अहिले बढीमा ५० वटा मात्र पुग्ने गरेका छन । जसका कारण उपत्यकाका सडकमा फोहोरको मात्रा बढ्दै गएको हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!