Search

मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठमाथि दुव्र्यवहार गर्ने दोषीमाथि कारबाहीको माग गर्दै सामुहिक विज्ञप्ती जारी

मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठमाथि दुव्र्यवहार गर्ने दोषीमाथि कारबाहीको माग गर्दै सामुहिक विज्ञप्ती जारी

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लाका जनप्रतिनिधिहरुले मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठमाथि दुव्र्यवहार गर्ने दोषीमाथि कारबाहीको माग गर्दै सामुहिक विज्ञप्ती जारी गरेका छन् । नियोजित रुपमा घट्ना घटाईएको भन्दै उनीहरुले अपराधमा संलग्न अपराधीमाथि यथाशिघ्र कारबाही गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

‘स्वभाविक रुपमा वर्षातको समयमा कच्ची सडकमा हिलाम्य हुन्छन् नै, थुप्रै महत्वपुर्ण राजमार्गहरु समेत अवरुद्ध भएका छन् । यसरी हेर्दा उक्त घट्ना नियोजित देखिन्छ । यस्तो नियोजित घृणित कार्य जो कसैले गरेको भएपनि सो घट्ना गराउने अपराधी माथि यथाशिघ्र कारबाहीका लागि सरकार समक्ष माग गर्दछौं, सोमवार जारी विज्ञप्तीमा उल्लेख छ ।

जारी विज्ञप्तीमा जिल्ला समन्वय समिति, ८ वटा स्थानीय तहका प्रमुख, उप्रमुखसहित २० जना जनप्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।

सडक हिलो भएको बहानामा निर्लज्ज तरिकाले अपमान गरी हातपात गर्ने आपत्तीजनक कार्य भएको भन्दै विज्ञप्तीमा घट्नाको निन्दा र भत्र्सना गरिएको छ । सडकको दुरवस्थाका कारण बिरामीको छिटो उद्धार गर्न नसकिएको विषयलाई लिएर शनिवार अध्यक्ष श्रेष्ठमाथि एउटा समुहले हातपात गर्दै दुव्र्यवहार गरेको थियो ।

यसै गरी सामाजिक क्रियाकलापलाई राजनितीक रंग दिएर यस्तो कार्य गर्नु मानविय नभएकोले यस्तो खेदपूर्ण कार्य जान अनजानमा कसैले नगरेको भए राम्रो हुने थियो भन्ने मेलुङ गाउँपालीकाका स्थानिय वासिन्दाहरुको भनाई रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!