Search

आज बिहान ९ बजेदेखि सत्तारुढ गठबन्धनको बैठक बस्‍दै

आज बिहान ९ बजेदेखि सत्तारुढ गठबन्धनको बैठक बस्‍दै

बाँपीझ्याला, काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा । सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चा छन् ।

आजको बैठकमा मन्त्रिपरिषद्‌ विस्तारबारे छलफल हुने सत्तारुढ नेकपाली कांग्रेसका नेता पूर्णबहादुर खड्‍काले जानकारी दिए । आज बैठक मन्त्रिपरिषद्‌ विस्तारमा केन्द्रित हुन्छु खड्‍काले भने ुसरकार गठनपछि राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।

आइतबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र कांग्रेस महामन्त्री खड्काबीच भएको छलफलपछि मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ ।

केहि समयअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले माधव कुमार नेपालले दलको मान्यता पाएपछि मन्त्रिपरिषद्‌ विस्तार गर्ने सहमति गरेको थियो । सर्वोच्च अदालतको परमादेशपछि देउवाले गत असार २९ गते सरकार गठन गरेका थिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!