बाँपीझ्याला, काठमाण्डौं । सरकारले बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अुनसार आज कृष्ण जन्माष्टमीको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज कृष्ण जन्माष्टमीको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भदौ १४ गते कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए ।
यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता छ ।