Search

जिपि कोईराला फाउन्डेसन दोलखाले चेर्दुगङ् प्राबिका बिद्यार्थीहरु शैक्षिक सामाग्री तथा जिरीका युवाहरुलाई खेलकुद सामाग्री बितरण

जिपि कोईराला फाउन्डेसन दोलखाले चेर्दुगङ् प्राबिका बिद्यार्थीहरु शैक्षिक सामाग्री तथा जिरीका युवाहरुलाई खेलकुद सामाग्री बितरण

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला जिरी नगरपालीका वडा नं.– ५ स्थित चेर्दुगङ् प्राबिका १ कक्षा देखि ५ कक्षा सम्मका ४८ जना बिधार्थीहरुलाई शैक्षिक सामाग्री र खेलकुद सामाग्री वितरण गरिएको छ । यसै गरी जिरी नगरपालिकाको वडानं – ४, ५ र ६ का युवाहरुको लागि खेलकुद बिकासको लागि २÷२ थान भलिबल तथा फुटबल बितरण गरिएको छ ।

उक्त कार्यक्रम समाजसेवी एवं नेपाली काँग्रेसका युवा नेता राकेश श्रेष्ठको सभापतित्वमा जिपिकोईराला फाउन्डेसन दोलखाको सल्लाहकार एबं नेपाली कांग्रेस दोलखाको महासमिति सदस्य बर्मालामाको प्रमुख आतित्थयमा, नेपाली कांग्रेस दोलखाको नेता बाबुकाजी बस्नेत, नेता सन्तोष पाठक, तरुणदल दोलखाको अध्यक्ष दावा सांगे शेर्पा, दोलखा उद्योग बाणिज्य संघ दोलखाको पुर्ब उपाध्यक्ष सोनाम सेर्पाले शुभकामना मन्तब्य राख्नुको भएको थियो । साथै युवा नेता राजन बस्नेतले कार्यक्रम संन्चालन गरिएको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment