Search

पीएसजी १२ औँ स्थानमा रहेको राससँग भिड्दा लियोनल मेस्सीले आफ्नो नयाँ टिमका लागि डेब्यु गर्ने सम्भावना

पीएसजी १२ औँ स्थानमा रहेको राससँग भिड्दा लियोनल मेस्सीले आफ्नो नयाँ टिमका लागि डेब्यु गर्ने सम्भावना

बाँपीझ्याला, काठमाण्डौं । फ्रेन्च लिग वानमा आइतबार राति पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रासको सामना गर्दैछ । लिगमा शीर्षस्थानमा रहेको पीएसजी १२ औँ स्थानमा रहेको राससँग भिड्दा लियोनल मेस्सीले आफ्नो नयाँ टिमका लागि डेब्यु गर्ने सम्भावना छ । रासको रंगशालमा हुने खेलका लागि पीएसजीले आफ्नो टिमको घोषणा गरेको छ । जसमा २२ खेलाडी सम्मिलित छन् । मेस्सी पनि टिममा परेका छन् । गत अगस्ट १० बाट पीएसजीसँग आबद्ध भएका मेस्सीले नयाँ लिगमा खेल्न बाँकी नै छ ।

मेस्सीसँगै किलियान एमबाप्पे पनि रासको भ्रमण गर्ने पीएसजीको टिममा परेका छन् । विगत केही समय देखि रियल म्याड्रिडसँग जोडिएका एमबाप्पे, मेस्सी र नेयमारसँगै खेलेको हेर्न पीएसजी समर्थक आतुर छन् ।

यस सिजन पीएसजी लिगमा अपराजित छ । तीन खेल खेल्दा पीएसजीले नौ अंक बटुलेको छ । दोस्रो स्थानमा भने निस छ । गत सिजन लिलाई फेन्च च्याम्पियन बनाएका क्रिस्टोफ गाल्टियरको नेतृत्वमा रहेको निसले तीन खेलमा सात अंक बनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!