Search

काठमाण्डौं प्रमुख जिल्ला अधिकारीलाई रात्रीकालिन व्यवसायीले बुझाए चावी

काठमाण्डौं प्रमुख जिल्ला अधिकारीलाई रात्रीकालिन व्यवसायीले बुझाए चावी

बाँपीझ्याला, काठमाण्डौं । काठमाडौं प्रमुख जिल्ला अधिकारीलाई दोहोरी साँझ र रात्रीकालीन व्यवसायीहरुले रात्रीकालिन व्यवसाय सञ्चालनमा सरकारले कुनै चासो नदेखाएको भन्दै चाबी बुझाएका छन् । आज आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौ पुगेर उनीहरुले प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई चाबी बुझाएका हुन् ।

‘अघोषित रुपमा अन्य सबैजसो व्यवसाय तथा क्षेत्रहरु हाल चलायमान अवस्थामा छन् तर हाम्रो रात्रीकालीन मनोरञ्जन व्यवसायलाई भने अझै पनि सरकारले कुनै चासो देखाएको पाइएन, त्यसैले आज हामी बाध्य भएर हाम्रो व्यवसाय तथा यस क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको भविष्यको जिम्मा नै सरकारलाई सुम्पिनको निमित्त व्यवसायको चाबीसहित यहाँ उपस्थित भएका छौं’ व्यवसायीहरुले भनेका छन् ।

उनीहरुले घरभाडा, व्यवसाय घर, बैंकको ऋण र कर्मचारीहरुको जिम्मा लिन पनि सरकारलाई आग्रह गरेका छन् । कोरोना भाइरसको महामारीपछि सरकारले सबै व्यवसाय र आवतजावत बन्द गर्ने गरी निषेधाज्ञा लगाए पनि संक्रमितको संख्या घट्दै गएपछि अरु क्षेत्र खुले पनि दोहोरी साँझ र रात्रीकालीन व्यवसाय खोल्न सरकारले अनुमति दिएको छैन ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!