Search

माधव नेपालसहित १४ सांसदलाई कारवाही गरिरहनु परेन : संसद सचिवालय

माधव नेपालसहित १४ सांसदलाई कारवाही गरिरहनु परेन : संसद सचिवालय

बाँपीझ्याला, काठमाण्डौं । एमालेले माधव नेपालसहित १४ सांसदमाथि कारवाहीका लागि संसद सचिवालयमा पठाएको पत्रबारे संसद सचिवालयले आइतबार टुंगो लगाएको छ । माधव नेपाल समूहलाई निर्वाचन आयोगले नयाँ दलको मान्यता दिइसकेको हुनाले उनीहरुलाई कारवाही गरिरहनु नपर्ने संसद सचिवालयले निश्कर्ष निकालेको छ ।

संसद सचिवालयको निर्णय उधृत गर्दै स्रोतले भन्यो ‘माधव नेपालको नेतृत्वमा नयाँ दल दर्ता भइसकेको र निर्वाचन आयोगले दलको मान्यता दिइसकेको अवस्थामा एमालेले पठाएको पत्रवमोजिम कारवाही गर्नुपर्ने अवस्था रहेन ।

माधव नेपालहरुले नयाँ दल दर्ता गर्न लागेपछि एमालेले १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । एमालेले गरेको कारवाहीको पत्र संसद सचिवालयमा पठाए पनि सभामुखले त्यसलाई प्रक्रिया अगाडि नबढाई ‘विचाराधीन’ अवस्थामा राखेका थिए । सभामुखको यो भूमिकाप्रति एमालेले आपत्ति जनाउँदै आएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!