Search

त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडकखण्ड आज पहिरोका कारण अवरुद्ध

त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडकखण्ड आज पहिरोका कारण अवरुद्ध

बाँपीझ्याला, काठमाण्डौं रासस। सडकमाथिबाट आएको पहिरोका कारण त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ । नागढुङ्गा नजिकै चिसापानी धारा आसपास क्षेत्रमा पहिरो जाँदा राजमार्ग अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय खानी खोलाका प्रमुख प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिइन् ।

पानी परिरहेकाले पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध भएका कारण सवारी साधनको सात किलोमिटरसम्मको लाइन लागेको छ । सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोला नजिकै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमाथिबाट पहिरो खस्दा पटकपटक राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!