Search

प्रधानमन्त्री देउवा सहीत तिन नेता विचको बैठक सम्पन्न

प्रधानमन्त्री देउवा सहीत तिन नेता विचको बैठक सम्पन्न

बाँपीझ्याला, काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आइतबार बिहान सरकारी निवास बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीचको भेटमा मन्त्रिपरिषद् विस्तार सम्बन्धमा छलफल भएको जनाइएको छ ।

तीन शीर्ष नेताको बैठक सम्पन्न भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिनुभएको छ ।

यसअघि नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको दल दर्ता लगायतको वैधानिक प्रक्रिया भए लगत्तै मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने सत्तारुढ गठबन्धनका नेताले बताउँदै आउनुभएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!