Search

बलिउडमा तीन खानको वर्चश्व, सलमान, शाहरुख र आमिर

बलिउडमा तीन खानको वर्चश्व, सलमान, शाहरुख र आमिर

बाँपीझ्याला, एजेन्सी । बलिउडमा तीन खानको वर्चश्व छ, सलमान, शाहरुख र आमिर । स्टारडमको हिसाबले उनीहरुको कोही भन्दा कोही कम छैनन् । दाम्पत्य र प्रेम–जीवनमा भने यी तीन सुपरस्टारको कथा अलग–अलग छ । शाहरुख खानको दाम्पत्य जीवन सुखमय छ । तीन सन्तानका बुवा शाहरुखले करियरसँग पारिवारिक सन्तुलन मिलाइराखेका छन् । आमिर भने यस कुरामा त्यती भाग्यमानी छैनन् । उनको दाम्पत्य जीवन त्यती सुखद रहेन । दुई जनासँग विवाह गरे ।

सन्तानका आमाबुवा पनि भए । तर, दुबै जनासँग उनको सम्बन्ध टुटिसकेको छ । सलमानको हकमा भने विवाहको साइत अझै जुरेको छैन । उमेरले ५५ बर्ष पुगिसके पनि उनले विवाहको सुरसार गरेका छैनन् ।

यद्यपि उनीहरुको प्रेम प्रसंग भने कुनै लभस्टोरी सिनेमाको कथा भन्दा कम चाखलाग्दो छैन ।

शाहरुख–गौरीको प्रेमकथा
शाहरुख र गौरीले त्यहीबेला लगनगाँठो कसेका थिए, जतिबेला शाहरुख ‘किंग खान’ भएकै थिएनन् । गौरी–शाहरुखको प्रेमकथा कुनै फिल्मको कथा भन्दा कम रोचक छैन । उनीहरुले एकअर्कालाई मन पराउँथे । एकअर्काको नजिक हुन खोज्थे । प्रेम गर्न चाहन्थे । तर, परिस्थिती अनुकुल थिएन ।

शाहरुखले पहिलो पटक गौरीलाई त्यही देखेका थिए, जहाँ उनीहरुको साथीको भोज थियो । ती दुबैका साथी थिए । र, पार्टीमा दुबै पुगेका थिए । यो सन् १९८४ बर्षअघिको कुरा । त्यसबेला शाहरुख १८ बर्षका लक्का जवान थिए । गौरी १४ बर्षकी ।

शाहरुखले गौरीलाई पहिलो पटक देख्दा गौरी कुनै अर्को पुरुषसँग नृत्य गरिरहेका थिए । शाहरुखलाई पहिलो झलकमै गौरी मन प¥यो । गौरी नाच्नमा लाज मानिरहेकी थिइन् । शाहरुखले हिम्मत जुटाए र गौरीलाई आफुसँग नाच्न अनुरोध गरे । तर, गौरीले कुनै रुची देखाएनन् । भनिन्, ‘म ब्वाईफ्रेन्डलाई पर्खिरहेकी छु ।’

यस्तो सुनेपछि शाहरुखको सपना टुट्यो । तर वास्तविकता त के थियो भने, गौरीको कुनै ब्वाईफ्रेन्ड थिएन । गौरीका भाई उनीसँगै थिए । त्यही कारण उनले झुट बोलेकी थिइन् । यो कुरा शाहरुले एक अन्र्तवार्ताको क्रममा भनेका छन् ।

जब शाहरुखले गौरीको मनोदसा बुझे । तब गौरीको नजिक पुगे र भने, ‘मलाई पनि तिम्रो दाई सम्झनु ।’

गौरीलाई पनि शाहरुखको स्टाइल र आत्माविश्वास गजब लाग्यो । आखिरमा उनीहरुको मन पग्लियो । दुबै एकअर्कालाई प्रेम गर्न थाले । शाहरुख लुकीछिपी गौरीको पछि लाग्थे । आखिरमा शाहरुखले गौरीको घरको नम्बर पनि खोजेरै छाडे । त्यसबेला शाहरुखलाई एउटा गीत खुब मनपथ्र्यो, ‘गोरी तेरा गांव बडा प्यारा ।’ गौरीलाई देख्नसाथ उनी यही गीत गुनगुनाउथे ।

यतिबेला शाहरुखका पिता थिएनन् । उनको क्यान्सरले मृत्यु भइसकेको थियो । आमा लतीफ फातिमा र दिदीसँगै शाहरुखको परिवार दिल्लीको गौतम नगरमा बसोबास गर्थे ।

यता गौरी अवकासप्राप्त आर्मी आफिसरकी छोरी थिइन् । उनीहरुको खानदान ठूलो थियो । शाहरुख जब गौरीलाई भेट्न चाहन्थे, तब कुनै साथीको घरमा फोन गरेर बोलाउँथे । फोनमा पनि उनीहरुको कोड नाम थियो, शाहीन ।

उनीहरुको सम्बन्ध क्रमस अगाडि बढ्दै गयो । पाँच बर्ष वित्यो । त्यसबेला शाहरुख एक टेलिभिजन शृंखलामा काम गर्न सुरु गरिसकेका थिए । गौरी फेसन डिजाइनिङ कोर्स गरिरहेकी थिइन् । दुबै व्यस्त हुँदै थिए र भेट पातलिदै थियो ।

खासमा गौरी चाहँदैनथे कि, शाहरुख कलाकारितामा लागेको ।

यता शाहरुख पनि गौरीलाई अलि बढी नै नियन्त्रण गर्न खोज्थे । गौरी कुनै पुरुषसँग बोलेको उनलाई मन पर्दैनथ्यो । अन्नतः गौरीले सोचिन्, यो सम्बन्धलाई अरु बढी लम्बाउनु ठिक छैन । सम्बन्धलाई यही बिट मार्नु उचित हुन्छ ।

एक दिन गौरी शाहरुख खानको घरमा आफ्नो जन्मदिन मनाइरहेकी थिइन् । त्यही बेला उनी शाहरुखलाई नभनी साथीहरुसँग बाहिर गए । तब शाहरुखले महसुष गरे कि, आफु गौरी बिना बस्नै नसक्ने ।

शाहरुख आफ्नी आमासँग सबै कुरा शेयर गर्थे । उनले आफ्नो मनको कुरा आमालाई सुनाए । शाहरुखकी आमाले शाहरुखलाई भारु १० हजार रुपैयाँ दिइन् र भनिन्, ‘उनलाई खोजेर ल्याउनु ।’

तब शाहरुख केही साथीलाई लिएर शहरतिर निस्के, गौरीलाई खोज्न । तर, गौरी कतै भेटिएनन् । लामो समयपछि शाहरुखले गौरीलाई एक समुन्द्री किनारमा भेटे । दुबैले एकअर्कालाई आँखामा आँखा जुधाएर हेरिरहे । अंगालोमा बाँधिए र दुबै खुब रोए । तब उनीहरुले एकअर्कासँग छुटिएर बस्नै नसक्ने महसुष गरे । उनीहरु अब विवाह गर्न चाहन्थे । हो, यही निर्णय पछि पो असली नाटक सुरु हुनेवाला थियो ।

उनीहरुको सम्बन्धलाई दुई चिरा पार्नेगरी उभिएको थियो, उनीहरुको धर्म । शाहरुख मुस्लिम । गौरी हिन्दु ब्राम्हण परिवारकी । गौरीका पिता पूर्ण शाकाहारी थिए । गौरीका परिवार उनीहरुको विवाहको पक्षमा थिएनन् । यसैगरी शाहरुख र गौरीको परिवारबीच आर्थिक दुरी पनि निकै थियो ।

अवस्था कस्तो थियो भने, एकातिर शाहरुख आफ्नो करियरका लागि संघर्षरत थिए । बलिउडमा उनी चिनिएकै थिएनन् । यता प्रेम–जीवन सफल बनाउन पनि उनको अगाडि संघर्षको पहाड उभिएको थियो ।

अब शाहरुखले एउटा जुक्ति फुराए, धर्म परिवर्तन गर्ने । गौरीका परिवारलाई प्रभावित गर्न उनी हिन्दु भए । पाँच बर्षसम्म । त्यतीमात्र कहाँ हो र रु उनले नाम पनि बदले । अन्ततः गौरीको परिवार पग्लिए । गौरी र शाहरुखको विवाह भयो । सन् १९९१ अक्टोबर २५ मा ।

सलमानको वियोगान्त प्रेमकथा
सलमानले बलिउडका आधा दर्जन अभिनेत्रीलाई आफ्ना प्रेमिका बनाए । यसको सिलसिला सुरु भयो शाहीन जाफरीबाट । त्यसपछि उनले संगीता बिजलानी, सोमी अली आदिलाई आफ्नो प्रेमिका बनाए । तर, उनीहरुसँगको सम्बन्ध लामो समय कायम रहेन ।

अन्ततः सलमानको माया बस्यो विश्व सुन्दरीको शीर्ष ताज विजेता अभिनेत्री ऐश्वर्य रायसँग । उनीहरुको प्रेमकथाले त बलिउडमा ठुलै तरंग पैदा ग¥यो । ऐश्वर्य र सलमानको जोडीलाई बलिउडकै सर्वाधिक लोभलाग्दो मानिन्थ्यो । उनीहरुको प्रेम सम्बन्धमा निकै उतारचढाव आयो । आखिरमा दुबैले यो सम्बन्धलाई कायम राख्न सकेनन् ।

ऐश्वर्यपछि सलमान क्याटरिना कैफसँग जोडिए । उनीहरुको प्रेम–सम्बन्ध पनि दुई चिरा प¥यो । आखिरमा सलमान रोमानियन केटी यूलिया वन्तूरसँग रोमान्स गर्न थाले । तर, उनका कथित गर्लफ्रेन्ड यूलियाले यसअघि नै बिवाह गरिसकेका थिए । उनले मारियास मोगा नामका गीतकार तथा गायकसँग २०१२ मै जोडी बाँधेकी थिइन् ।

‘जय हो’ फिल्मको छायांकनका क्रममा सलमानसँग यूलियाको भेट भयो । यूलियालाई सलमानले नै भारतमा निम्त्याएको बताइन्छ । यी सम्पूर्ण प्रेमकथा भन्दा बढी रोचक छ, ऐश्वर्यसँगको कथा ।

सलमान ऐश्वर्यलाई औधी रुचाउँथे । ‘चलते चलते’ फिल्ममा शाहरुखसँग ऐश्वर्य सुटिङ गरिरहेकी थिइन् । सलमान सेटमा पुगे । पछि शाहरुखले सलमानलाई साथ दिदै ऐश्वर्यलाई फिल्मबाट बाहिर निकाले । त्यस स्थानमा रानी मुखर्जीलाई ल्याइयो ।

अहिले ऐश्वर्यले अभिषेक वच्चनसँग घरजाम गरिसकेकी छिन् । उनी एक सन्तानकी आमा समेत हुन् । एकताका ऐश्वर्यले अन्र्तवार्तामा सलमानसँगको सम्बन्धलाई लिएर तीतो पोखेकी थिइन् । उक्त अन्र्तवार्तामा ऐश्वर्यले सलमानसँग प्रेम गरिरहँदा सुखभोगभन्दा बढी पीडावोध गरेको बताएकी थिएन् । उनले भनेकी छिन्, ‘सलमानले मसँग झगडा गर्थे, कुटपिट गर्थे । र, अर्कोदिन उनी सेटमा यसरी आउँथे, मानौ अघिल्लो दिन केही भएकै छैन ।’

एकपटक उनीहरुवीच ठूलो लफडा भयो । ऐश्वर्यले सो घटनालाई यसरी वताएकी छिन् ।

सलमान राती २ बजे आए र ऐशको अपार्टमेन्टको ढोका ढकढक्याउन थाले । ऐश्वर्यले ढोका खोलिनन् । तब सलमानले त्यहाँबाट हाम फाल्ने धम्की दिए ।

ऐश्वर्यले सलमानलाई कुनै जवाफ दिएनन् तब सलमानले ढोका हिर्काइरहे । उनले ढोका त्यसबेलासम्म हिर्काइरहे, तबसम्म उनको हातबाट रगत निस्किएन । अन्ततः ऐश्वर्य बाध्य भइन् र ढोका खोलिन् । भोलिपल्ट ऐश्वर्यले सलमानको विरुद्ध उजुरी दिइन् ।

ऐश्वर्यले भनेकी छिन् कि उनले सलमानका लागि सबैकुरा गरिन् । उनी केवल २१ बर्षकी थिइन् तैपनि सलमानका खातिर उनले परिवार छाडेर एक्लै अपार्टमेन्ट लिएर बसिन् ।

ऐश्वर्यका अनुसार सलमान र उनको झगडा सोमी अलीलाई लिएर भएको थियो । ऐशलाई कुनै जानकारी नदिइ सलमानले सोमीलाई सहयोग गर्न अमेरिका गए । उनका पिता बिरामी थिए र उनलाई सहयोगको जरुरी थियो ।

ऐश्वर्यको भनाई अनुसार सलमानले नै उनलाई धोका दिएको थियो । उनी अरु कसैसँग रोमान्स गरिरहेका थिए । यसपछि ऐश्वर्यले उनलाई छाड्ने निर्णय गरिन् ।

ऐश्वर्य उनीहरुको रिलेशनसिपमा आफ्नोतर्फबाट सत्प्रतिशत दिएको बताएकी छिन् । ऐश सलमानको परिवारसँग नजिकिइन् । तर, बदलामा उनलाई धोकेबाज भनियो र उनको हरेक को–स्टारसँग उनको नाम जोडियो ।

ऐश्वर्यले दावी गरेकी छिन्, उनले आफ्नो सम्बन्ध बचाउनका लागि सबैकुरा सहेकी थिइन् । सलमानको रिस, चिच्याहट, मारपिट, आरोप । जबकि उनी स्वयम् ऐशलाई धोका दिइरहेका थिए ।

ऐशले सलमानको फोन रिसिभ गर्न छाडेकी थिइन् । यद्यपि सलमान मान्दैनथे । उनी ऐश्वर्यको सेटमा आउथे र तमासा देखाउथे । साथै ऐश्वर्यलाई अरुसँग अफेयर रहेको आरोप लगाउथे ।

ऐश्वर्यका अनुसार सलमानको कारण उनको करियर दाउमा थियो । उनलाई फिल्मबाट निकालिन्थ्यो र उनलाई अनप्रोफेशनल भनिन्थ्यो । निर्माताहरुले उनलाई फिल्मबाट हटाउन थालिसकेका थिए ।

ऐश्वर्यको यो अन्र्तवार्ता आएको ठिक दोस्रो दिनमा सलमानले मादक पदार्थ सेवन गरी कार चलाउँदा सडकमा सुतिरहेका एक व्यक्तिको ज्यान गएको थियो, चार जना घाइते भएक थिए । अहिलेपनि उनलाई त्यही दुर्घटनाले सताइरहेको छ ।

आमिरलाई नफापेको दाम्पत्य
रिना दत्तसँग आमिर खानको गुपचुप प्रेम थियो । आमाबुवा, भाई बहिनी कसैलाई पनि खबर नगरी अचानक उनले रिनासँग विवाह गरे । उता रिनाको परिवारमा पनि उनीहरुको विवाहबारे थाहा थिएन । रिना र आमिरले कानुनी विवाह गरे, सन् १९८६ मार्च १४ मा ।

यसको भेउ पाएकी थिइन्, रिनाको बहिनी अन्जुले । उनले आमा बुवालाई भनिदिने धम्की पनि दिएकी थिइन् । रिनाका पिता एयरइन्डिया मुम्बईका म्यानेजर थिए । कुनै कामले उनी कोलकाता गएका थिए । त्यसैले यो विवाहको राज खुल्न समय लाग्यो ।

आमिर–रिना दत्तको जब विवाह भयो, त्यसबेला रिना विद्यार्थी थिइन् । उनी आफ्नै घरमा बसेर विद्यालय धाइरहेकी थिइन् । आमिर खान २२ बर्षका लक्का जवान थिए । आमिर त्यसबेला ‘कयामत से कयामत तक’को छायांकनमा थिए ।

त्यसैले आमिर र रिनाको प्रेम भइरहेको कुरा धेरैले भेउ नै पाएनन् ।

रिनालाई आमिरले मन पराउथे । रिना घरमा खेलेको आमिरले नियालिरहेका हुन्थे । कहिले काहीँ आमिरले रिनालाई आफ्नो घरमा लैजान्थे । आमा, काकीहरुसँग भेट गराइदिन्थे ।

पछि आमिर र रिना एक भए । उनीहरुको कोखबाट दुई सन्तान जन्मिए । १७ बर्षसम्म उनीहरुको घरजाम कायम रह्यो । सबैकुरा ठीकठाकै देखिन्थे । तर, रिना र आमिर अलग हुने निर्णयमा पुगे । यो अनपेक्षित कुराले धेरैलाई आश्चर्यमा पा¥यो । आमिर र रिनालाई उनीहरुका साथीले सम्झाई बुझाई गरे । दुबैले एकसाथ रहने प्रयास पनि गरे । तर, परिणम सकारात्मक निस्किएन । आखिर यो विवाह ट्ट्यो । आमिर र रिना अलग भए । दुबैलाई यो पीडाबाट बाहिर आउन समय लाग्यो ।

अमिरले केही अघि बताएका थिए, रिनाले फिल्म ‘लगान’मा गरेको काम अझैपनि उनले भुल्न सक्दैनन् । उक्त फिल्मका लागि रिनालाई निर्माणको अभिभारा दिइएको थियो । सुरुमा रिनाले फिल्मको काममा आफ्नो कुनै अनुभव नभएको बताएकी थिइन् । तर, पछि फिल्ममेकरसँग भेट्ने, छलफल गर्ने र बुझ्ने काम गरिन् । सोही अनुभव उनले फिल्म ‘लगान’को लागि खर्चिइन् ।

यही बखत आमिर खानको भेट भयो, किरण रावसँग । उनीहरु एकअर्काका साथी जस्तै थिए । तर, त्यो मित्रता प्रेममा बद्लियो । प्रेम विवाहमा । त्यसबेलासम्म आमिरले रिनासँग सम्बन्ध विच्छेद गरिसकेका थिए ।

किरणले आमिरलाई फिल्मको काममा सघाउँदै आएकी थिइन् । उनीहरु अक्सर एकसाथ देखिन्थे । दुबैको एक छोरोको आमाबुवा पनि भइसकेका थिए । यस्तो लाग्थ्यो, सबैकुरा ठीकठाक छ । तर, अचानक उनीहरुले सम्बन्ध विच्छेद गर्ने घोषणा गरेर सबैलाई अचम्मित तुल्याइदिए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment