Search

दोलखा बैतेश्वर मिर्गेमा एमाले त्यागेर दर्जन बढी कांग्रेसमा प्रवेश

दोलखा बैतेश्वर मिर्गेमा एमाले त्यागेर दर्जन बढी कांग्रेसमा प्रवेश

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर २ मा दर्जनौं एमालेका कार्यकर्ताले एमाले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। शनिवार एक कार्यक्रमका बीच नेपाली कांग्रेसका क्षेत्रीय सभापति छबी लामाले एमाले परित्यागगरि नेपाली कांग्रेसमा प्रवेश भएका मिर्गे सानिटार र माझगांउका दर्जनौं एमाले कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका हुन्।

नवप्रवेशी कार्यकर्तालाई शुभकामना दिन नेपाली कांग्रेसका युवा नेता शुक्रराज तामाङ,श्याम कुमार घिसिङ,युवा नेता झलक तामाङ,तरुण नेता दोर्जे काजी लामा लगायतको उपस्थिति रहेको थियो।

एमाले पार्टी त्यागी कांग्रेसमा प्रवेश गर्ने युवा तथा युवतीहरु उमेश घिसिङ ,दिपेश कुमार तामाङ ,सुन्दर मोक्तान बुद्धिमा तामाङ,
रोशन तामाङ ,सन्जिब तामाङ,बालकुमारी तामाङ ,नवीन तामाङ,नर बहादुर तामाङ कान्छी तामाङ,चमेलि तामाङ ,चन्द्रमाया तामाङ र चिउलि तामाङ रहेको तरुण नेता दोर्जे काजी लामाले जानकारी दिए।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!