Search

मंगलबारसम्म निरन्तर वर्षा हुने

मंगलबारसम्म निरन्तर वर्षा हुने

बाँपीझ्याला, काठमाण्डौं । केही दिनदेखि जारी वर्षा अझै केही दिन निरन्तर भैरहने मौसम पूर्वानुमान महाशाखाले मंगलबारसम्म निरन्तर वर्षा हुने जनाएको छ । आज पनि देशैभर बदली भई वर्षा भैरहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म निरन्तर वर्षा हुनेछ ।

अविरल वर्षाका कारण साना ठूला खोला तथा नदीमा बाढीको सम्भावना बढेको छ भने पहाडी क्षेत्रमा पहिरोको जोखिम उतिकै रहेको छ । तराईका विभिन्न ठाउँ डुवानमा परिरहेका छन् । राजमार्गहरू अवरुद्ध भैरहेका छन् ।

पहाडी भूभागमा भू(क्षय र साना ठूला बाढीपहिरो गैरहेकोले नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले नागरिकहरुलाई आग्रह सहित सूचना जारी गरिरहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!