Search

प्राचिन शहर दोलखामा भैरव कुमारी जात्रा सम्पन्न, भिडियो सहित

प्राचिन शहर दोलखामा भैरव कुमारी जात्रा सम्पन्न, भिडियो सहित

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
ऐतिहासिक प्राचिन शहर दोलखामा परापूर्वकालदेखि संचालन हुर्दै आएको रात्रीकालिन भैरव कुमारी जात्रा सम्पन्न भएको छ । २०७८ साल भाद्र ८ गते देखि १२ गतेसम्म ५ दिन संचालन भएको हो ।
भैरव कुमारी रात्रिकालिन जात्रामा कोभिड १९ को संक्रमणको कारण सुरक्षा प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय दोलखाले चार्डपर्व भेला नगर्न भन्ने सूचना र आग्रहको कारणले परम्परागत ढंगबाट जात्रा संचालन गरिएको भीमेश्वर नगरपालीका वडा नंं २ का वडाध्यक्ष विराजमान श्रेष्ठले बताउनु भयो । त्यसैले गत बर्षहरुको तुलनामा भन्दा कोभिड संक्रमण भईसकेपछी भक्तजनहरुको उपस्थिती कम भएको भन्ने वडाध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।

यसै गरी भुकम्पबाट क्षति भएको भैरव कुमारी घरबाट जात्रा निकाल्र्दै आएकोमा यसपाली नयाँ भैरब कुमारी घरबाट जात्रा निकालिएको छ । यसरी ऐतिहासिक नगर भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा स्थित टसिचा टोलमा भैरव कुमारी भवन निर्माणाधिन अवस्थामा रहेको छ । मल्लकालिन कला कौशललाई झल्काउने अनी परम्परागत नेवारी शैलिका बुट्टाका झ्याल ढोकाहरु हालेर निर्माण हुन गईरहेको उक्त भवन अनुमान गरेको भन्दा आकर्षक र ऐतिहासिकता देखिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!