Search

मालपोत कार्यालय दोलखाले गत आर्थिक बर्षमा ६ करोडभन्दा बढी राजस्व संकलन

मालपोत कार्यालय दोलखाले गत आर्थिक बर्षमा ६ करोडभन्दा बढी राजस्व संकलन

अजय प्रधान,
बाँपीझ्याला, काठमाण्डौं ।
दोलखा जिल्ला मालपोत कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा ६ करोड १३ लाख ६३ हजार ९ सय ६७ रुपैयाँ राजस्व संकलन गरेको छ । यसै गरी गएको आर्थिक वर्ष २०७६/०७७ मा ३ करोड ५० लाख ७१ हजार ८ सय रुपैयाँ मात्रा राजस्व संकलन गरेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा करिब दोब्बर राजस्व संकलन गरेको मालपोत कार्यालय दोलखाले बताएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा सबै भन्दा बढि राजिष्ट्रेशन दस्तुर वापत ३ करोड ६० लाख ८४ हजार ८ सय २२ रुपैयाँ र त्यसपछि पुँजीगत लाभकर वापत १ कारोड ४१ लाख ६ हजार ४० रुपैयाँ राजस्व संकलन भएको मालपोत कार्यालय दोलखाका प्रमुख मुरारी दुलाल उपाध्यायले जानकारी दिनुभयो । त्यस्तै सबैभन्दा कम पुर्जा विक्रिवापत ५८ हजार २ सय ५० रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यसैगरी रातो कभर शिर्षकमा ५८ हजार २ सय ५० रुपैयाँ, रोक्का दस्तुर वापत ८ लाख ३६ हजार ३ सय रुपैयाँ, सेवा शुल्क, अन्य प्रशासनिक दस्तुर वापत ८० लाख ५८ हजार ९ सय ५५ रुपैयाँ र विविध शिर्षकमा २२ लाख १९ हजार ६ सय रुपैयाँ राजस्व संकलन गरेको हो ।
न्यायिक दस्तुर, जग्गाको मोल र वागमती शुल्क वापत राजस्व संकलन नभएको कार्यालय प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।

यस्तै आर्थिक वर्ष २०७७/०७८ मा मालपोत कार्यालयमा संकलित राजस्वमध्य राजिष्ट्रेशन दस्तुर वापतको ४ करोड ७१ लाख ९९ हजार ६ सय ७७ रुपैयाँ मध्यबाट ९३ लाख ७५ हजार ४४ रुपैयाँ प्रदेशमा र १ करोड ३३ लाख ६९ हजार ९ सय १९ रुपैयाँ स्थानीय तहमा पठाइएको मालपोत कार्यालय दोलखाले जनाएको छ ।

जसमध्ये २ करोड ४४ लाख ५४ हजार ७ सय १४ रुपैयाँ वाँडफाँड हुन बाँकी रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!