Search

भीमेश्वर नगरपालीका वडा नं. २ दोलखामा आज र भोली ३० बर्षभन्दा माथीको नागरिकलाई भेरोसिल खोपको पहिलो डोज

भीमेश्वर नगरपालीका वडा नं. २ दोलखामा आज र भोली ३० बर्षभन्दा माथीको नागरिकलाई भेरोसिल खोपको पहिलो डोज

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला कोभिड १९ खोप समन्वय समितिको बसेको बैठकले गरेको निर्णय बाट हिजो आएको सूचना जानकारी अनुसार कोभिड १९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज ३० बर्ष भन्दा माथीका भीमेश्वर नगरपालीकाका वडा न. २ का नागरिकहरुलाई आज लगाईएको छ जस अनुसार भीमेश्वर नगरपालीका वडा नं. २ स्थित दोलखा बजारका नागरिकहरुलाई आज र नागदह, फुलपा, नेगल, राम्पा लगाएतका तल्लो भेलका नागरिकहरुलाई भोली खोप लगाउने भएको छ ।

यसै गरी भीमेश्वर नगरपालीका वडा नंं २ दोलखामा जम्मा ३६० डोज खोप आएको छ । जसमा दोलखा बजारको लागि २०० डोज र राम्पा डोकथली र फुलपा नेगल लगायतका स्थानहरुमा ८०/८० डोज खोप उपलब्ध गराएको छ भनी स्वास्थ्य चौकी दोलखाका सि.अहेव अधिकृत धु्र्व कुमार श्रेष्ठले बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!