Search

त्रिपुरा सुन्दरीआधारभुत बिद्यालय राम्पा दोलखाका बिधार्थीहरुलाई स्कुल ब्याग तथा शैक्षिक सामाग्री हस्तान्तरण

त्रिपुरा सुन्दरीआधारभुत बिद्यालय राम्पा दोलखाका बिधार्थीहरुलाई स्कुल ब्याग तथा शैक्षिक सामाग्री हस्तान्तरण

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
सफा सुनौलो नेपाल र चाईना फाउन्डेसनको सहयोगमा आज त्रिपुरा सुन्दरी आधारभुत बिद्यालय राम्पा, दोलखामा कक्षा १ देखि ८ कक्षा सम्मका १०८ जना बिधार्थीहरुलाई स्कुल ब्याग तथा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

युवा समाजसेवी राकेस श्रेष्ठको सक्रियता र सहयोगमा नेपाली काँग्रेसका नेता तथा समाजसेवी ईश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा दोलखा जिल्ला काँग्रेस महासमितीका सदस्य एवं समाजसेवी बाबुकाजी बस्नेत, भीमेश्वर नगरपालिकाका वडा २ का वडाध्यक्ष बिराजमान श्रेष्ठ, प्रेस युनियन दोलखाको उपाध्यक्ष निर्जला आचार्य लगाएतका व्यक्तीहरुले शुभकामना मन्तव्य दिनु भएको थियो ।

यसै गरी उक्त कार्यक्रममा नेपाली काँग्रेस विपद् व्यवस्थापन कोषबाट भीमेश्वर नगरपालीका वडा नंं २ राम्पामा बसोबास गर्दै आउनु भएको पारालाईसिसबाट विरामी हुनु भएका स्थानिय नागरिक कृष्ण बहादुर कार्कीलाई कार्यक्रमका प्रमुख अतिथी मानन्धरले नगद रु. १५ हजार सहयोग स्वरुप हस्तान्तरण गरिएको छ ।

यसै गरी नेपाली काँग्रेसका नेता एवं समाजसेवी ईस्वर नारायण मानन्धरले त्रिपुरा सुन्दरी आधारभुत बिधालय राम्पा, दोलखामा अध्ययनरत थामी जातीका जेहेन्दार र गरिव विद्यार्थीका लागि बार्षिक २५ हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ ।

हालसम्म सफा सुनौलो नेपाल र चाईना फाउन्डेसनकाको तर्फबाट दोलखा जिल्लाका १७ वटा स्कुलका करिव १४०० विद्यार्थीहरुको लागि स्कूल व्याग, स्टेशनरी र स्वास्थ्य सामाग्री वितरण गरिसकेको र अव ९ वटा स्कुलका विद्यार्थीहरुलाई वितरण गर्न बाँकी रहेको युवा नेता तथा समाजसेवी राकेश श्रेष्ठले बताउनु हुर्दै आगामी दिनमा स्कुलमा अध्ययरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने योजना रहेको समेत बताउनु भयो ।

सफा सुनौलो नेपाल र चाईना फाउन्डेसन काठमाडौलाई विद्यालय परिवारको तर्फबाट हार्दीक आभार सहित धन्यवाद व्यक्त गरिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!