Search

सिन्धुपाल्चोक जिल्लाको ठोकर्पामा बस दुर्घटना हुँदा २ को मृत्यु, ४१ जना घाइते

सिन्धुपाल्चोक जिल्लाको ठोकर्पामा बस दुर्घटना हुँदा २ को मृत्यु, ४१ जना घाइते

बाँपीझ्याला, सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको ठोकर्पाबाट कालिका हुँदै काठमाडौँ जाँदै गरेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । कोशीपारि यातायातको बा३ख ८०३० नम्बरको बस सुनकोशी–३ छापमा दुर्घटना भएको हो । उक्त बस दुर्घटनामा ४१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

बस ओरालो बाटोको मोडमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यसै गरी बस्नेतका अनुसार १८ जना सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोकमा, एक जना मध्यपुरठिमी अस्पताल भक्तपुरमा र २२ जना धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ ।

धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु हुनेमा ललितपुर ठूलो दुर्लुङ घर भएका अन्दाजी ४०÷ ४५ वर्षको पुरुष राजन बराम र अन्दाजी २०२२ वर्षका पुरुष सनाखत हुन बाँकी रहेको बस्नेतले जानकारी दिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!