Search

जिल्ला प्रशासन कार्यालय दोलखाले निषेधाज्ञा खुकुलो बनाउने निर्णय, राती ८ बजेदेखि अनिवार्य पसल व्यवसाय बन्द

जिल्ला प्रशासन कार्यालय दोलखाले निषेधाज्ञा खुकुलो बनाउने निर्णय, राती ८ बजेदेखि अनिवार्य पसल व्यवसाय बन्द

बद्री दाहाल,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको दुई वडामा जारी निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको आज बसेको बैठकले जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर ३ र ६ मा जारी निषेधाज्ञा भोली खुकुलो बनाउने निर्णय गरेको हो ।

यसै गरी सदरमुकाम चरिकोटका व्यापार व्यवसाय बेलुकी ८ बजेपछि अनिवार्य बन्द गर्ने गरि निषेधाज्ञा खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालय दोलखाले सर्वसाधारणको नाममा एक विज्ञप्ती जारी गरी आग्रह सहीत जानकारी गराईएको छ ।

यसै गरी निषेधाज्ञाको समयमा शिक्षण संस्था र मठ–मन्दिर पुर्ण रुपमा बन्द गर्ने, सभा सम्मेलन लगायत देवाली आदी कार्यहरु यथावत बन्द नै गर्ने निर्णय भएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनुभयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!