अजय प्रधान,
बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपालिका चरिकोट, दोलखाले गत ३ महिना यताको अवधिमा ५ सय जना बढि कोरोना संक्रमितलाई स्थानिय नागरिहरुलाई पोषण खर्च वितरण गरिएको छ । नगरपालिकाले पालिकाको सबै वडाका संक्रमितहरु नागरिकहरुलाई पोषण खर्च वितरण गरेको हो ।
गएको बैशाख देखी असार मसान्त सम्ममा पालिकाका २ सय ७८ महिला र २ सय ७५ पुरुष गरि ५ सय ५३ जना कोरोना संक्रमितहरुलाई पोषण खर्च वितरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले बताउनु भयो । यसरी संक्रमण हुने नगरपालीका भित्रका नागरिकहरुलाई प्रति व्यक्ती दुईहजारका दरले उहाँका अनुसार ३ महिनाको अवधिमा प्रत्यक कोरोना संक्रमितलाई २ हजार रुपैयाँका दरले ५ शय त्रिप्पन जनालाई जम्मा ११ लाख ६ हजार रुपैयाँ वितरण गरिएको हो ।
यसरी वितरण गरिएको नागरिकहरुमा नगरपालिकाको वडा नं. १ मा ४७ महिला र ६० पुरुष, वडा नम्बर २ मा ८५ महिला र ६९ पुरुष, वडा नम्बर ३ मा १५ महिला र १४ पुरुष, वडा नम्बर ४ मा २८ महिला र ३४ पुरुष, वडा नम्बर ५ मा १५ महिला र २४ पुरुष, वडा नम्बर ६ मा २८ महिला र २२ पुरुष, वडा नम्बर ७ मा ३१ महिला र २१ पुरुष, वडा नम्बर ८ मा ७ महिला र ११ पुरुष र वडा नम्बर ९ मा २२ महिला र २० जना पुरुषलाई पोषण खर्च २ हजार रुपैयाँवितरण गरिएको हो । पोषण खर्च प्राप्त गर्नका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न सकिने समेत स्वास्थ्य संयोजक खड्काले बताउनुभयो ।
साउन महिनाको २१ गते बसेको कार्यपालिकाको बैठकले कोरोना संक्रमितलाई वितरण गर्दै आइरहेको पोषण खर्चलाई निरन्तरतादिने निर्णय गरेको हो । भीमेश्वर नगरपालिकाले गत आर्थिक वर्ष २०७७÷०७८ देखि नगरपालिका भित्रका कोरोना संक्रमित नागरिकहरुलाई पोषण खर्च बापत प्रति व्यक्ती २ हजार रुपैयाँ का दरले प्रदान गर्दै आईरहेकामा यस वर्ष पनि पोषण खर्चलाई निरन्तरता दिने नगरपालिकाको कार्यालयले बताएको छ ।