Search

दोलखा जिल्लामा पछिल्लो चौविस घण्टामा ८३ जना संक्रमित निको, १८ जना थप संक्रमण पुष्टी

दोलखा जिल्लामा पछिल्लो चौविस घण्टामा ८३ जना संक्रमित निको, १८ जना थप संक्रमण पुष्टी

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला पछिल्लो चौविस घण्टामा एकैदिन ८३ जना संक्रमित निको भएका छन् । यसरी चौविस घण्टामा निको हुनेहरुमा भीेमेश्वर नगरपालिकाबाट ३६ पुरुष र ४० महिला, जिरी नगरपालिकाबाट १ पुरुष र २ महिला, गौरीशंकर गाउँपालिकाबाट १ पुरुष र ३ महिला गरी ८३ जना निको भएका छन् ।

यसै गरी पछिल्लो चौविस घण्टामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालमा रहेको पिसिआर ल्याबमा ३६ जनाको स्वाब परिक्षण गरिएकामा ९ जना र जिल्लाको ९ वटै स्थानीय तहमा ५० जनाको एन्टिजिन परिक्षण गरिएकामा ९ जना गरि कुल १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसरी कोरोना पुष्टि हुनेहरुमा भीमेश्वर नगरपालिकाका वडा नं. का ६ पुरुष ५ महिला, जिरी नगरपालिकाका २ पुरुष १ महिला, विगु गाउँपालिकाका १ पुरुष, शैलुङ गाउँपालिकाका १ महिला र तामाकोशी गाउँपालिकाका १ पुरुष र १ महिला रहेका छन् ।
संक्रमित चरिकोट अस्पतालमा रहेका एचडियुमा ७ छन् भने सिंगटी अस्पतालमा २ जना र तामाकोशी कोभिड अस्पतालमा एक जना आइसोलेशन वार्डमा उपचाररत छन् ।

कोरोना संक्रमण पुष्टि भएका ३ सय ४७ जना होम आइसोलेशनमा बसि स्वास्थ्य लाभ लिईरहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!