Search

माओवादी केन्द्रका केन्द्रिय नेताहरुको कार्यविभाजन संगै दोलखा जिल्लाका माओवादीका तिन नेताहरु केन्द्रको महत्वपूर्ण जिम्मेवारीमा

माओवादी केन्द्रका केन्द्रिय नेताहरुको कार्यविभाजन संगै दोलखा जिल्लाका माओवादीका तिन नेताहरु केन्द्रको महत्वपूर्ण जिम्मेवारीमा

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
माओवादी केन्द्रको यही भदौ ५ देखि ६ सम्म काठमाण्डौंमा सम्पन्न केन्द्रिय समितीको बैठकले केन्द्रिय नेताहरुलाई महत्वपूर्ण जिम्मेवारी दिने निर्णय गरिएको छ । यही सन्दर्भमा देशभरीका नेताहरुले आ–आफ्नो निकाय अन्तर्गतका जिम्मेवारी पाएका छन् ।
यसै गरी दोलखा जिल्लाका तिन नेताहरुले पार्टीको निती, निर्देशन अनुसार जिल्ला भित्र र बाहिर केन्द्रमा रही आ–आफुले बिभिन्न निकायको कार्यभार लिई जिम्मेवार बहन गर्दै आउनु भएका माओवादी केन्द्रका नेताहरु मुक्ती नारायण प्रधान, गंगा कार्की र देवी खड्कालाई महत्वपूर्ण जिम्मेवारी दिईएको छ ।

यसरी जिम्मेवारी पाएका माओवादी पार्टीका नेता विशेषतः न्याय कानून तथा मानव अधिकार क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी लिई काम गर्दै आउनु भएका प्रभावशाली नेता एवं पूर्व महान्याधिवक्ता तथा बरिष्ठ अधिवक्ता मुक्ती नारायण प्रधानलाई माओवादी पार्टीको केन्द्रिय महत्वपूर्ण बिभागहरुमध्ये न्याय, कानून तथा मानव अधिकार बिभागको जिम्मेवारी दिईएको छ ।

नेता प्रधानले माओवादी पार्टीमा जनयुद्ध शुरु हुनु पुर्व र शुरु भईसके पछी निरन्तर हालसम्म पार्टीको न्याय कानून तथा मानव अधिकार बिभागको महत्वपूर्ण जिम्मेवारी पदमा बसेर आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउनु भएको छ ।

यसै गरी जनयुद्धताका माओवादी जनमुक्ति सेनाको राजनितीक कमिसार र शान्ती प्रक्रियामा आई सकेपछी भूगोलको राजनितीक जिम्मेवारी बहन गर्दै आउनु भएका नेता गंगा कार्कीलाई पार्टीको विशेष समितीको सह–ईञ्चार्ज तथा नेपाल उद्योग व्यवसायी महासंघ र सम्वद्ध संगठनहरुको ईन्चार्जको जिम्मेवारी दिईएको छ ।

यसरी नेता कार्की पहिले गृह जिल्ला दोलखामा सक्रिय रहन्दै आउनु भएको थियो भने अव जिल्लामा भन्दा पनी विशेष समिती र केन्द्रिय समितीको जिम्मेवारीमा रहनु हुनेछ ।

यसै गरी पुर्व राज्यमन्त्री एवं नेता देवी खड्कालाई फेरी पनी दोलखा जिल्लाको ईञ्चार्जमा जिम्मेवारी दिईएको छ । यस अघिपनी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको ईञ्चार्जको जिम्मेवारी लिएर काम गर्दै आउनु भएको थियो । साथै माओवादी केन्द्रीय समितीको निर्णय अनुसार माओवादी केन्द्रको जिल्ला समितीहरु भंग भएको अवस्थामा गाउँपालिका र नगरपालीकास्तरको पार्टी अधिवेशन गर्दै जिल्ला समन्वय समितीको निर्माण गर्ने जिम्मेवारी समेत ईञ्चार्ज खड्काले पाउनु भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!