Search

नेपाल तरुण दल दोलखाले जिल्लाको उत्तरी भेग सिंगटीमा शक्ति प्रद्र्धशन

नेपाल तरुण दल दोलखाले जिल्लाको उत्तरी भेग सिंगटीमा शक्ति प्रद्र्धशन

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
नेपाली कांग्रसको भातृ संगठन नेपाल तरुण दलले सोमबार दोलखाको उत्तरी भेग स्थित सिंगटी बजारमा तरुणले बृहत भेलाको आयोजना गरिएको छ । यसरी सिंगटी बजारमा भेलाका साथै युवा तरुण दस्ताले मार्चपास सहितको शक्ति प्रदर्शन गरेको छ ।
तरुण दल विगु गाउँपालिकाद्धारा आयोजित कार्यक्रममा गाउँपालिका भित्रका संयौको संख्यामा तरुण दस्ताहरुको उपस्थीत भई सिंगटी बजार क्षेत्रमा मार्च पास सहितको शक्ति प्रदर्शन गरेका हो ।
नेपाल तरुण दल दोलखाका अध्यक्ष दावा साङ्गे शेर्पाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विगु गाउँपालिकाका ८ वटै वडाबाट संयौको संख्यामा युवाहरु उपस्थित भएका थिए ।

भेलामा नेपाली कांग्रेसका जिल्ला नेताहरु रुद्र बहादुर खड्का , तारा बहादुर कोइराला , बर्मा लामा ईश्वर मानन्धर , केशवराज चौलागाईं , पार्टी उपसभापति छवि मोक्तान ,पार्टी सचीव सन्तोष रिमाल ,बाल कृष्ण आचार्य , नेपाली काङ्ग्रेस प्रदेश सभा ख का सभापति जयराम श्रेष्ठ , काङ्ग्रेस नेता बाबुकाजी बस्नेत , गोपिलाल थामी , आङ्निमा शेर्पा , च्याङ्गा शेर्पा , कांग्रेस नेता एवं विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का, ने का कालिन्चोक गाउँपलीका अध्यक्ष अर्जुन सिवाकोटी , ने का बैतेश्वर गाउँपालीका अध्यक्ष राजु उप्रेती , ने का नेता तारा खड्का, नेका नेता राकेश श्रेष्ठ ,कुमार भुजेल , भगवती शाह लगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।

तरुण भेलाको अवसरमा एक सय एक सदस्यीय नेपाल तरुण दल विगु गाउँपालिका समिति गठन गरिएको छ ।
समितिको अध्यक्षमा विपिन थापा , उपाध्यक्ष द्धय रबिन बस्नेत , विष्णु तामाङ निर्विरोध निर्वाचित भएका छन् । समितिको सचिबमा लालसन तामाङ र उपेस खड्का छन भने सहसचिब सानु तामाङ र कोशाध्यक्षमा तारा बहादुर खड्का निर्विरोध निर्वाचित भएकोे अध्यक्ष विपिन थापाले जानकारी दिएका छन् ।

समितिको बाँकी सदस्यहरुमा गाउँपालिकाका ८ वटै वडामा रहेका सकृय युवाहरु रहेको तरुण दल दोलखाका अध्यक्ष दावासांगे शेर्पाले जानकारी दिए । अध्यक्ष शेर्पाका अनुसार सोमबारनै लादुक , बुलुङ र ओराङ को तरुण दल वडा समिति समेत गठन गरिएको छ ।

तरुण दल लादुकको अध्यक्षमा भिम बहादुर तामाङ, बुलुङ को अध्यक्षमा पाल्देन तामाङ र ओराङ को अध्यक्षमा बलप लामा सहितको कार्यसमिति गठन भैसकेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!