Search

🍐🍐🍐 काक्रा र फर्सि 🍏🍏🍏

🍐🍐🍐 काक्रा र फर्सि 🍏🍏🍏

बाल कथा

अधिवक्ता
श्यामकृष्ण मास्के , दोलखा
गाउँको पर्यटकीय क्षेत्रमा चलचित्र छायांकनको लागि केही कलाकारहरू आएका थिए । डाँडामा चलचित्र छायांकनको सुरसार भई राख्दा छायांकन हेर्न स्थानियको पनि वाक्लै उपस्थिति रह्यो । छायांकन हुँदै जाँदा सहायक हिरो र सहायक फाईटर (लडाकु)को आवश्यक पर्याे। एउटै छोटो सिनको लागि भनेर चलचित्र टोलिमा ती दुई कलाकार लगिएको थिएन स्थानि स्तरबाटै सहभागी गराउने भनेर । स्थानिय स्तरमा सहायक नायक र सहायक लडाकु (फाईटर) को खोजि गर्ने क्रममा स्थानीय काक्रा र फर्सिले पनि चलचित्रमा खेल्न ईच्छा जाहेर गर्याे । काक्राले अवसर पायो तर फर्सिले अवसर पाएन । फर्सिले चलचित्र निर्देशक संग आफु चलचित्रमा खेल्न नपाउनुको कारण सोध्यो ।

निर्देशकले जवाफमा “हाम्रो चलचित्रमा नायीका अग्लो छे सहायक नायक होचो याने डल्लो राख्दा सुहाउदैन र सहायक फाईटर , पनि होचो राखे नायीकालाई जवरजस्ती बोकेर लान पनि सक्दैन र नायक संग लडाई पनि गर्न सक्दैन तेसैले चलचित्रमा सहभागी गराउन सकिएन । तपाईहरू जस्तालाई हास्य कलाकारमा सुहाउँछ तर यहाँ हाम्रो हास्य कलाकारको छायांकन हुदैन ।”

निर्देशकको कुरा सुनेर फर्सिलाई आफु प्रतिभावान भएर पनि डल्लो भएको कारण अवसर नपाएकोमा पिर गरि घर फर्कियो । रातीको खाना खाएर सुत्यो तर निन्द्रा अवेर सम्म लागेन । उनले अनेक कुरा मनमा खेलायो । आफु लामो हुने अनेक उपाय सोच्यो। उपाय सोच्दा सोच्दै कतिखेर निदायो पत्तै भएन । फर्सिले निन्द्रामा सपना देख्यो । सपनामा संसारमा नाम चलेको महान वैज्ञानिक आफु सामु उभिएको देखेर फर्सिले वैज्ञानिकलाई भन्यो ।

फर्सिले वैज्ञानिकलाई अनुरोध गर्दै भन्यो “वैज्ञानिक महोदय आफु प्रतिभावान भएर पनि चलचित्रमा सहभागी हुन पाईएन , डल्लो हुनु त अभिशाप नै रहेछ । लाम्चो हुने केही उपाय छ कि हजुर ।”
वैज्ञानिकले फर्सिलाई सात्वना दिदै भन्यो “ हेर आफु डल्लो भएकोमा चिन्ता नगर, सवै अग्लाले डल्लोले गर्ने काम गर्न सक्दैन, डल्लोको आफ्नै विशेषता छ । आफु जस्तो छ तेसैमा गौरव गर ।

तर अफसोच तिमिलाई ममा अग्लो (लामो) वनाउन सक्ने उपाय छैन, उपाय त अहिले लाम्चो मात्र हैन विभिन्न आकारको भाँडा (साचो) मा हालेर पनि पार्न सकिन्छ तर तिमी धेरै कमजोर रोगी हुन्छौ । बरू तिमिले चाहन्छौ भने तिम्रा सन्तनलाई लामो हुने गरि जन्म गराउने उपाय भन्न सक्छु, भनुँ उपाय ?”

फर्सिले खुसी हुँदै “लौ न वैज्ञानिक हजुर के छ तेस्तो लामो हुने उपाय ?”
वैज्ञानिकले फर्सिलाई उपाय सुनाउदै भने “ हेर तिमी कृषि केन्द्रमा जाउ त्याहा हाईव्रीड नामको औषधी पाईन्छ ञ्त्यो औषधी खाऊ तिम्रो सन्तान अग्लो लामो हुन्छ ।“ मात्र के भनेको थियो फर्सी झल्यास्स विउझियो । विहान भई सकेको रहेछ ।
फर्सिले विहानको खाना खायो, कृषि केन्द्रमा गयो र हाईब्रिड नामक औषधी ल्याएर खायो । उनको हुनेवाला सन्तान कांक्रा लौका जस्तै लामो अग्लो जन्मियो त्यस दिन देखि फर्सिले आनन्दको सास फेर्याे । काक्रो डल्लो हुन नसक्ने तर आफ्नो शन्तान अग्लो पनि हुने डल्लो पनि दुवै हुन सक्ने भएकोमा गर्भ महसुस गर्याे ।

२०७८/०५/०८/०३

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!