Search

पछिल्लो २४ घण्टामा दोलखामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा दोलखामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लामा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको ९ वटै स्थानीय तहमा १ सय १३ जनाको एन्टिजिन परिक्षण गरिएकामा ४१ जनामा कोरोना संक्रमण पुष्टि जिल्ला स्वास्थ्य कार्यालय चरिकोट, दोलखाले बताएको छ ।

यसरी कोरोना संक्रमण पुष्टि हुनेहरुमा भीमेश्वर नगरपालिकाका ३ पुरुष र ३ महिला, जिरी नगरपालिकाका ४ पुरुष र २ महिला, कालिञ्चोक गाउँपालिकाका एक पुरुष, विगु गाउँपालिकाका एक महिला, बैतेश्वर गाउँपालिकाका ३ पुरुष र ११ महिला र तामाकोशी गाउँपालकाका ८ पुरुष र ५ महिला रहेका छन् ।

थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै ४ सय २२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
यस्तै आज एकैदिन ९९ जना संक्रमित संक्रमण मुक्त भएका छन् । आज निको हुनेहरुमा भीमेश्वर नगरपालिकाबाट ४१ पुरुष र २१ महिला, जिरी नगरपालिकाबाट ३ पुरुष र एक महिला, तामाकोशी गाउँपालिकाबाट ९ पुरुष र ११ महिला, कालिञ्चोक गाउँपालिकाबाट ५ पुरुष र एक महिला, बैतेश्वर गाउँपालिकाबाट ३ पुरुष र ४ महिला निको भएका हुन् ।

संक्रमति मध्य चरिकोट अस्पतालमा रहेको एचडियुमा ८ जना छन् भने तामाकोशी कोभिड अस्पतालमा एक जना आइसोलेशन वार्डमा उपचाररत छन् ।

कोरोना संक्रमण देखिएका ४ सय १३ जना होमआइसोलेशनमा बसि स्वास्थ्य लाभ लिईरहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!