Search

सबै कुरालाई पछाडि छोडेर राष्ट्रिय टिमको गेममा केन्द्रित हुनुपर्छ : सन्दीप

सबै कुरालाई पछाडि छोडेर राष्ट्रिय टिमको गेममा केन्द्रित हुनुपर्छ : सन्दीप

८ भदौ, बाँपीझ्याला, काठमाडौं । ग्लोबल स्टारको छवी बनाइसकेका नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले आफ्नो प्राथमिकता सधैं नेपाली टिम नै पर्ने बताएका छन् सन्दीपले पछिल्लो समय लगातार विदेशी फ्रेन्चाइज लिगमा अनुबन्ध भएर पनि विभिन्न कारणले गर्दा खेल्ने अवसर पाएका छैनन् ।

राष्ट्रिय टिमको समेत खेलहरु नभएको बेला उनले विदेशी लिग पनि खेल्न पाएनन् ।

अहिले भने सन्दीपको लागि राष्ट्रिय टिम र क्यारेबियन प्रिमियर लिग ९सीपीएल० दुवै एकैपटक जुध्दा उनले राष्ट्रिय टिमबाटै खेल्दैछन् ।

‘दुर्भाग्यवस सीपीएल पनि मिस गरें । तैपनि त्यो सबै कुरालाई पछाडि छोडेर राष्ट्रिय टिमको गेम छ । त्यसमा केन्द्रित हुनुपर्छ,’ सन्दीपले भने ।

नेपालले सेप्टेम्बर १३ देखि २० सम्म ओमानमा क्रिकेट विश्वकप लिग(२ खेल्दैछ र त्यसअघि सेप्टेम्बर ५ र ८ मा पपुवा न्युगिनीसँग ओडिआई म्याच खेल्दैछ । सीपीएल भने यही अगष्ट २६ देखि सुरु हुँदैछ । जहाँ सन्दीप साविक विजेता ट्रिनबाटो नाइट राइडर्समा अनुबन्ध भएका थिए ।

तर नेपालको राष्ट्रिय टिमको खेल पनि यही समयमा परेपछि सन्दीपले स्वभाविक रुपमा राष्ट्रिय टिमबाटै खेल्न लाएका हुन् । राष्ट्रिय टिमबाट खेल्दा उनले सीपीएल भने गुमाउने पक्का भएको छ । सन्दीपले यसअघि लगातार तीन सिजन सीपीएल खेलेका थिए ।

सन्दीपले गुमाएको सीपीएल पहिलो लिग भने होइन । यसअघि उनले भिसा समस्याका कारण इंग्ल्याण्डमा भएको भाइटालिटी टी(२० ब्लास्ट र दी हन्ड्रेड गुमाइसकेका छन् । आफ्नो कारण नभई अन्य कारणले लिग गुमाउँदा सन्दीप सुरुमा निराश बनेका थिए ।

तर अहिले राष्ट्रिय टिमको खेलका लागि तयारी गरिरहेको सन्दीप विगतलाई बिर्सेर अगाडि बढ्नुपर्ने बताउँन् । ‘लिग गुमाउँदा एकरदुई दिन हर्ट त भइहाल्छ तर अहिले भने त्यस्तो छैन । आइतबार राष्ट्रिय टिमको अन्तिम ट्रेनिङ सेसनमा सन्दीपले भने, ‘जीवन साइकल हो । त्यो सबै बिर्सेर अघि बढ्नुपर्छ ।

भेरी र्फच्युनेट कि अब नेपालको गेम पनि हुँदैछ । केही नभाको भए सायद केही कुराले हर्ट गर्थ्यो होला । फिल्डमा ब्याक हुँदा खुशी छौं । सबै जना ओमान सिरिजकै लागि तयारी गरिराछौं ।’

सन्दीपले क्रिकेट खेल्न सुरु गर्दादेखि नै विदेशी लिग नभई देशकै लागि खेल्ने सोचेर खेलेको बताए । ‘मैले सुरुमा क्रिकेट खेल्नुअघि कहिल्यै पनि सोचिन की आइपीएल खेल्छु भनेर मैले नेपाल देश भनेर सोचेर खेलें । त्यसैले नेपाल फस्ट प्राइओरिटीमा राखे जहिले पनि । चाहे त्यो हाम्रो इस्टर्न रिजन क्रिकेट होस् वा अरु । देशको लागि प्राथमिकता हुन्छ । त्यो हुनु पनि पर्छ,’ उनले भने ।

उनले अब आउने पुस्तालाई पनि पहिला देशका लागि सोचेर खेल्नुपर्ने सुझाव दिए । ‘आउने एउटा पिढीलाई पनि के भन्न चाहन्छु भने देशलाई प्राथमिकता दिनु जरुरी छ । किनकि हामी यहीआट आको हो । पहिला कन्ट्री त्यसपछि अरु ठाउँ हो ।’

धेरै लिगहरु छुट्दा प्रोफेसनल करियरमा केही मिस भयो कि रु जवाफमा सन्दीपले त्यस्तो केही नभएको बताए । ‘किनभने मैले ३ वर्ष जति पनि फ्रेन्चाइज लिग खेलें सबैमा राम्रो गरें । ओभरअल स्ट्याटस पनि राम्रो छ जहाँ पनि खेलेको छु । दुर्भाग्यवस सीपीएल पनि मिस गरें । तैपनि त्यो सबै कुरालाई पछाडि छोडेर राष्ट्रिय टिमको गेम छ । त्यसमा केन्द्रित हुने । समय अझै बाँकी छ,’ सन्दीपले भने, ‘देशको गेमसँग जुध्दैन भने बाहिर खेल्न कुनै समयस्या हुन्छ जस्तो लाग्दैन ।’

सन्दीप नेपाली टिमसँग आउने मंगलबार ओमान जानेछन् । ओमानमा सेप्टेम्बर २० सम्म नेपालको खेल हुनेछ । त्यसपछि सेप्टेम्बर २५ देखि नेपालमै चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग ९इपीएल० सुरु हुनेछ । जसमा सन्दीप काठमाडौं किंग्स एलेभेनमा अनुबन्ध भइसकेका छन् र उनले टिमको कप्तानी समेत गर्ने पक्का भएको छ ।

गत सिजन अष्ट्रेलियामा बिग बास लिग खेलेपछि सन्दीपको लागि इपीएल नै पहिलो प्रेन्चाइज क्रिकेट हुनेछ । तर सेप्टेम्बरमै इन्डियन प्रिमियर लिग आइपीएलको बाँकी खेल युएईमा सुरु हुँदैछ ।

त्यसमा पनि सन्दीप खेल्नेबारे चर्चा भइरहेको छ । केही फ्रेन्चाइजका विदेशी खेलाडीहरु दोस्रो फेजको आइपीएल नखेल्ने भएकोले टिमले खेलाडी परिवर्तन गर्दैछन् । रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाब किंग्सले रिप्लेसमेन्ट प्लेअर राखिसकेको छ ।

तर सन्दीपले भने अहिलेसम्म आइपीएल खेल्नेबारे केही निर्णय नभएको बताए । ‘तत्कालका लागि अहिलेसम्म आइपीएल खेल्नेबारे केही थाहा छैन । नेपालको गेम छ त्यसपछि इपीएल छ । अहिलेसम्म इपीएलसम्मका लागि तयार छु । तर आइपीएलको लागि अहिलेसम्म केही छैन,’ सन्दीपले भने ।

सन्दीपले राम्रो अवसर जहाँ हुन्छ त्यही हेर्ने बताए । उनले भने, ‘अब हेरम कहाँ अवसर राम्रो हुन्छ । अहिलेसम्मको लागि चाहीं इपीएल नै हो ।’ इपीएल अघि सन्दीपले राष्ट्रिय टिमबाट ६ खेल खेल्ने भने लगभग पक्का छ ।

नेपालका लागि पपुवा न्युगिनी विरुद्धको दुई खेल र त्रिकोणात्मक सिरिजमा ओमान र मेरिका विरुद्ध हुने दुई(दुई गरी सबै ६ खेल नै महत्वपूर्ण रहेको सन्दीपले बताए । ‘अरुलाई ४ खेल महत्वपूर्ण छ तर हाम्रो लागि ६ खेल नै महत्वपूर्ण छ वरियताको लागि पनि । सबै खेल महत्वपूर्ण छ । मुख्य ४ खेल महत्वपूर्ण छ । सकेसम्म ४ मा ४ खेल नै जितौं । सबै जना क्यापेबल छौं । सबै जना उत्साहित छौं ।’

वर्षाको मौसमले गर्दा नेपालमा राम्रोसँग प्राक्टिस म्यच खेल्न नपाए पनि पपुवा न्युगिनी विरुद्ध दुई खेल विश्वकप लिग(२ सिरिजअघि राम्रो तयारीको रुपमा रहने सन्दीपले बताए । ‘हामीले यहाँ प्राक्टिस गेम पाएनौं । पीएनजीसँगको त्यो दुई खेल हाम्रो लागि राम्रो अवसर हुनेछ मुख्य खेल अघि,’ उनले भने ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!