Search

गुन्हीपुन्हीको पहिलो दिनलाई नेवार समुदायले क्वाँटी पुन्हीको रूपमा मनाउने गर्दछ

गुन्हीपुन्हीको पहिलो दिनलाई नेवार समुदायले क्वाँटी पुन्हीको रूपमा मनाउने गर्दछ

बालकृष्ण श्रेष्ठ “पासा”
बाँपीझ्याला, भक्तपुर ।
गुन्हीपुन्हीको पहिलो दिनलाई नेवार समुदायले क्वाँटी पुन्हीको रूपमा मनाउने गर्दछ । यसलाई नेपाली भाषामा जनैपूर्णिमा र रक्षाबन्धनसहित यो पर्व मनाउन्छन् । गुन्हीपुन्ही नेवार समुदायमा मनाउने ठूलो पर्वमध्ये एक हो । साउन शुक्लपक्षका दिन यो पर्व मनाइने गरिन्छ । क्वाँटी पुन्ही भनेसँगै क्वाँटी बनाएर आफूमात्रै खाने होला भन्ने सम्झिन्छ । तर भक्तपुरमा भने क्वाँटी आफूले मात्र नखाई भ्यागुतोलाई समेत खुवाउने परम्परा चलिआएको छ ।

यही क्रममा भक्तपुरका किसानले आइतबार आ–आफ्नो खेतसम्म पुगेर भ्यागुतोलाई आफ्नो पाकेका सबै परिवार खुवाएका छन् । धेरै ठाउँमा खेतबारी हुनेहरूले पनि सबैतिरको खेतसम्मै पुगेर भ्यागुतोलाई खाना खुवाएका हुन् । परिवारका कम्तीमा एकजना सदस्य खेतमा पुगेर किसानले भ्यागुतोलाई खाना खुवाएका हुन्। धेरै ठाउँमा खेत हुनेहरू आफूहरू बाँडिएर एक–एक ठाउँमा जाने गर्दछन् ।

यसलाई स्थानीय किसानहरू नेपाल भाषामा ब्याँचा जानक वानेगू अर्थात् भ्यागुतोलाई खाना खुवाउन जाने भनेर भन्छन्, जहाँं ब्याँचाको अर्थ भ्यागुतो र जानक वानेगूको अर्थ खाना खुवाउन जाने भन्ने बुझिन्छ। आइतबार बिहानैदेखि आ–आफनो खेतमा पुगेर भ्यागुतोलाई परिकार खुवाउन जाने किसानहरू जताततै भेटिए। एकाबिहानै किसानहरू आफ्ना खेतका भ्यागुतालाई खाना ख्वाउन हिँडेका थिए । बिहानै सूर्यविनायकस्थित आर्दशमा भ्यागुतोलाई खाना खुवाउन पुगेकी सुशीला खाइतुले परम्पराअनुसार प्रत्येक वर्षजस्तै खेतका भ्यागुतोलाई भोज खुवाउने हिँडेको बताइन् ।

परम्पराअनुसार खेतमा पुगेर भ्यागुतोलाई परिकार खेतमा छाड्ने चलन छ । भ्यागुतोको भोजको परिकारलाई पातमा राखेर आआफनो खेतको आलीमा छोडेर आउने परम्परा छ। पहिला मोटरसाइकल नहुने बेला हिडेरै पनि सबै ठाउँमा भ्यागुतोलाई भोज खुवाउने जाने गरेको उनले सुनाए। त्यसबेला त आधि दिन त भ्यागुतोलाई भोज खुवाउन जान मै दिन वित्थ्यो उनले भनिन् ।

भोजका परिकारका रुपमा किसानले क्वाती, फलफूल, चामलको भात, सुपारीललगायतका खाद्य सामाग्री राखेका हुन्छन् । खाद्यान्नकासाथै किसानले भ्यागुतालाई श्रृंगारपटारका सामान पनि लिएर जाने परम्परा छ। ऐनालगायतका श्रृंगारपटारका सामान लिएर जाने परम्परा छ। ऐना मुला काटेर सिन्का घोपेर तयार पारिन्छ ।

भ्यागुतालाई भोज राख्न जाने क्रमम खुवाउन जाने किसानले पनि त्यही आफूले पनि भोज खाएर आउनुपर्छ भन्ने चलन रहेको छ । यसका लागि घरबाट खेत जानु अगाडि नै भ्यागुतालाईसहित आफूलाई पनि रोटी, क्वाँटीसहितको परिकार लिएर जाने चलन अझैसम्म जस्ताको तस्तै छ ।
संस्कृतिविद् ओम धौभडेलले किसानको सहयोगीको रुपमा रहेकोले भ्यागुतालाई सम्मानका साथ भोज खुवाउने परम्परा चलिआएको सुनाउँंछन् । आफनो बालीनाली संरक्षणमा सहयोग गरेको कदर गर्दै किसानले भ्यागुतालाई वर्षमा एकपल्ट भोज खुवाउने परम्परा जस्ताको तस्तै रहेको इतिहासविद् धौभडेलले बताए ।

भ्यागुतालाई नखुवाई घरका कसैले पनि क्वाँटी खाँदैनन्,’ उनले भने । वर्षा गराउने दूत तथा प्राकृतिक देवताको प्रतीकका रूपमा भ्यागुतोलाई लिने उनले बताए । त्यसैले अहिले पनि भ्यागुतोलाई सबैभन्दा पहिले खुवाउने चलन चलिआएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!