Search

तौथलिमा गुनिला जात्रा

तौथलिमा गुनिला जात्रा

भेषकुमार श्रेष्ठ तौथलि र बालकृष्ण “पासा” दोलखा
विश्वको भौगोलिक विचित्रतालाई हेर्दा मानवीय सभ्यताको शुरुआतको समयदेखि नै मनोरञ्जनको लागि मानव जाति जतासुकै अग्रपंक्तिमा देखिन्छ । मनोरञ्जन त हरेक प्राणीले पनि गरेको हुन्छ तर मानिसले त्यसको अवलोकन र अवलम्बन गर्न नजानेको र वास्ता नगरेको मात्रै हो ।

जस्तो कि हात्तीको समुहलाई ध्यान दिएर हेर्नु कुनै एउटा हात्ती मौन भएर सुतेर बस्यो या उदास भएर बसेको देख्यो भने नायक हात्तीले उनलाई घचेट्ने धकेल्ने र उठाउने गर्छन् र खेल खेल्न उत्प्रेरित गर्छ र समुहमा सामेल गर्छ अनि उफ्रने सूँड जुधाएर रमाइलो गर्छन् । अर्को कुकुरलाई हेर्नु जो एकले अर्कालाई लखेट्ने पंजाले हानेर, अंगालो हालेर लडाउने, उफ्रने गरेर आनन्द लिने गर्छन् यो नै ती प्राणीको मनोरञ्जक हो ।

यस्तै देखेर नै मानव जातिले पनि मनोरञ्जन गर्ने तरिकाको अनुसरण गरेको हुनुपर्छ । त्यसैले विभिन्न ठाउँका मानिसहरुले अनेक नाम दिएर जात्रा उत्सव मनाउदै आएका हुँदाहुन् । यसै सिलसिलामा एसिया महादेशको एकमात्र देश नेपाल हो कि जहाँ नगण्य रुपमा बाह्रै महिना कुनै न कुनै ठाउँमा कुनै न कुनै तरिकाले चाडबाड, मेला र जात्रा मनाउँदै आएका छन् ।

यसमा पनि नेपाल राज्यको विभिन्न ठाउँमा छरिएर रहेका जातिमध्ये नेवार जाति नै एक हो । जुन जातिमा धर्म, संस्कृति र रीतिरिवाजमा विभिन्नता छ तर सबैको मूल उद्देश्य र महत्व भने एकै मान्न सकिन्छ, जसको गन्तव्य नै देवीदेवतालाई प्रसन्न पार्नु र भूतप्रेत पिशाचलाई सन्तुष्टि दिलाउनु भन्ने बुझिन्छ ।

यिनै नेवार जातिहरूले बसोबास गरेर बसेको स्थानहरु मध्येमा सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा गाउँपालिकाको वडा नं ४ मा पर्ने तौथलि शहर हो । सामान्यतया यो शहर अन्य नेवारी शहरहरुको तुलनामा त्यत्ति विशाल छैन, तर यहाँको मौलिकता भित्र रुमल्लिएर हेर्ने हो भने सिंगो नेपाल राज्यको अस्तित्व नै यहीँ भित्र छ जस्तो लाग्छ ।

यो ठाउँलाई पहिले हाजिरपुर भनिन्थ्यो, अहिले तौथलिको नामले प्रचलित छ । यो तौथलिको नाम किन कसरी रहन गएको होला भन्ने कौतुहलता लाग्न सक्छ । यसलाई बिचार गर्दा पहाड या डाँडाको माथिल्लो भागमा सामान्य रुपले हेर्दा सम्म परेको ठाउँलाई थलो भनिन्छ, जहाँ मानव बस्ती बस्न बसाउन उपयुक्त हुन्छ, हो यही थलो अन्य ठाउँको थलोभन्दा ठूलो र फराकिलो थियो र उपत्यकाको नेवारी भाषामा तःगो थायँ (थाला–थलि) भनिने भएको र नेपाली भाषामा थलो भन्ने गर्दा दुवै शब्दको समिश्रणमा तःथला भन्दाभन्दै तगोबाट अपभ्रंश भएर तौथलि भएको हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ । अब यहाँको रीतिरिवाज र जात्रा हेरौं ।

सिन्धुपाल्चोक जिल्लाको प्राचीन शहर तौथली नेवारी समुदायको बाहुल्यता भएको बस्ती हो्रराजधानी काठमाडौबाट करिब ज्ञण्ण् किलोमिटर उत्तर पुर्व भागमा पर्ने यो ठाउ हालको स्थानीय पुनर्संरचना अनुसार त्रिपूरा सुन्दरी गाउँपालिका ५ पर्दछ! यस ठाउँलाई हाजिरपुर नामले पनि चिनिन्छ! जस्को अर्थ तिर्थस्थल अर्थात् देवस्थल भन्ने बुझिन्छ !

यहाँ त्रिपूरा सुन्दरी माइ, भिमेश्वर, नातेश्वर, गणेशथान, रक्तकाली ,सेतिदेवी ,कामधेनु आदि देबिदेवताको मन्दिर अवस्थित भएकोले हाजिरपुर भनेको अनुमान गर्न सकिन्छ्र नेपालमा नेवार समुदायको छुट्टै मौलिक भाषा , संस्कृति ,रितिरिवाज भएको जाती हो, त्यस्तै तौथली नेवार समुदायको पनि भिन्नै मौलिक भाशा र सांस्कृतिक परम्परा रहेको छ !यहाँका मानिसहरूले समय अनुसार विभिन्न चाडपर्व ,जात्रा मनाउने गर्दछ्न! महनी (दशै)तिवार (तिहार) यमरी पुनिसः, फागु पुनिसः आमाको मुख हेर्ने, गुनिला पुनिस (जनैपूणिर्मा),इन्द्रजात्रा , कृष्ण जन्मास्टमी आदि मध्य यहाँ गुनिला पुनिसः ( जनैपूणिर्मा ) बारेमा यहाँ चर्चा गरिन्छ !

गुनिला पुनिस ! गुँला पर्व (जनै पुर्णीमा)
श्रावण शुक्ल पुर्णिामा (जनैपूणिर्मा) देखि भाद्र कृष्ण चतुर्थी सम्म पाँच दिन सम्म मनाइने पर्व स्थानीय भाषामा गुनिला जात्रा, हिले जात्रा, रोपाइ जात्रा जस्ता विभिन्न नामले चिनिन्छ ! नेपाल संबतको दशौ महिना गुलाँगा महिनामा पर्ने भएकोले यो पर्वको नाम गुँला पर्वबाट अपभ्रंश भएर गुनिला रहन गएको एकथरी जन कथन छ!अर्को नौथरी गुडागुडिको क्वाटी खाएर र नौ थरीका लत्ताकपडा लगाएर यो जात्रा मनाउने गर्नाले गुनिला रहन गएको जनश्रुति पाइन्छ । अर्को तर्क के पनि छ भने उहिले यो पर्व नौ दिन सम्म मनाइने हुनाले गुनिला भनेको बुझिन्छ तर हाल पाँच दिन मात्रै मनाइन्छ्र पाँच दिन मध्ये चौथो र अन्तिम दिन बिशेष हुने गर्दछ्र यी दिनहरूमा १२ थरीका नाच तथा जात्राहरु निकाल्ने गरिन्छ्रउक्त नाच हरुको क्रमशः बर्णन गरिन्छ

ठुप्चुकु (गोरु नाच)
यो नाच जनैपूणिर्माको दिन देखि निरन्तर पाँचै दिनसम्म नचाइने महत्त्वपूर्ण नाच हो! सिठी नख दिन देखि मनुष्यको खेतीपाती शुरूवात भएको मानिन्छ भने जनैपूणिर्मा देखि पाँच दिन सम्म देबिको रोपाइ गरेर बर्षे खेतीपाती सकिएको बुझिन्छ । देबिको रोपाइँको निम्ति तीन जोडि युवाहरूलाई तीन हल गोरुको रूपमा टाउकोमा चोयाको मकुन्डोमा छ्वालिको सिङ बनाइ, चङ्गुर बाधी ठुप्चुकु सिंगार्ने काम गरिन्छ्र दिउँसो करिब ६ बजेतिर भजने खलकले चोया ल्याइ डबलीमा बसेर ठुप्चुकु ङो (गोरुको सिङ) तयार गरिन्छ ।

ठुप्चुकुले दुबै हातमा रंगिचङ्गी धागो र रिवन बाधि, पछाडि कम्मरमा घाड घन्टी झुन्डाएर हलिको रुपा अर्को ब्यक्तिले ठुप्चुकुको कम्मरमा डोरि बाधेर जोत्ने गरिन्छ ,जस्लाइ स्थानीय भाषा मा “क्वाक्कुली वाए’’ भनिन्छ्र साझ करिब ४ बजेतिर दात्छेमी गुठियार र कुशुले गुठियार दात्छेमा जम्मा भइ तान्त्रिक बिधिबाट पुजाआजा गरि देबि नाच, मारुनी र नाङ्गानाङ्गी नाच निकालिन्छ! दात्छेबाट निकालिएको नाच डबलीमा पुगि विभिन्न देबिदेवतालाई जात्रा सफलता तथा भुलचुक माफिको मागेर पुजा गर्ने बितिकै एक हल ठुप्चुकु भिमेश्वर मन्दिरको ढोका खोल्न दौडन्छ्न,जस्ले पहिलो दिन मन्दिरको ढोका खोल्छ ,त्यसैले अन्तिम दिन ढोका बन्द गर्नु पर्ने हुन्छ ! ( यसो गर्नाले प्राणिको ८४ जुनि मध्य गोरुको जुनि लिनु नपर्ने भनाइ रहेको पाइन्छ !) बाकि २ हल गोरु बाजाको तालमा नाच्दै देबिनाचको अघि अघि भिमेश्वर तिर लगिन्छ !

भीमेश्वर मन्दिर भित्र एक चरण नाचीसके पछि फेरि त्रिपुरा सुन्दरीको ढोकाखोल्न अघिकै एक हल ठुप्चुकु दौरन्छ्न र अन्य २ हल बाजाको तालमा नाच्दै त्रिपूरा सुन्दरी मन्दिर पुगेर बिसर्जन गरिन्छ!ठुप्चुकु नाचसगै मानवीय जीवन भोगाइ सँग सम्बन्धि झाकी तथा क्रियाकलाप (आलि लगाउने, धागो कात्ने, लुगा बुन्ने, फ्याउरे लगाउने) स्याबरेहरुले ठुप्चुक्कु संगसगै प्रस्तुत गरिन्छ! देबि नाच (कुमारी भैरव चन्डी) र नाङ्गानाङ्गी नाच भिमेश्वर, डबली र त्रिपूरा सुन्दरीको प्राङ्गणमा एक एक चरण नचाइछ भने मारुनी सो स्थानका साथै बाटैभरी सोह्र सय गोपिनि र कृष्ण भगवानको प्रेमलिला स्वरुपको हाउभाउमा एक पुरुषलाई बीचमा अन्य महिलाको पहिरन लगाएको नर्तकिहरु नाचिन्छ ! यसरी पहिलो दिनको जात्रा समापन गरिन्छ, यो नाच पांचै दिनसम्म निकालिन्छ! दोस्रो र तेस्रो दिन यहि क्रम दोहोरिन्छ भने चौथो दिन र पाँचौ दिन अन्य जात्रा थपिन्छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!