Search

पछिल्लो चौविस घण्टामा १ हजार ४ सय २४ जनामा सङ्क्रमण पुष्टि, ३० जनाको मृत्यु

पछिल्लो चौविस घण्टामा १ हजार ४ सय २४ जनामा सङ्क्रमण पुष्टि, ३० जनाको मृत्यु

बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा एक हजार चार सय चौविस जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको सात हजारसात सय तिन जना आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, पाँच हजार तिन सय बत्ततर जनामा गरिएको एन्टिजेन परीक्षणमा ६५१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ७५ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ९५ हजार ९१२ पुगेको छ ।

सङ्क्रमणका कारण थप ३० जनाको मृत्यु भएको छ । योसँगै दश हजार ४८५ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३।३ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!