Search

दोलखा जिल्लामा पछिल्लो २४ घण्टामा १६ जनामा थप कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ४ सय बढि

दोलखा जिल्लामा पछिल्लो २४ घण्टामा १६ जनामा थप कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ४ सय बढि

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लामा पछिल्लो चौविस घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालमा रहेको पिसिआर ल्याबमा १८ जनाको स्वाब परिक्षण गरिएकामा १२ जना र जिल्लाको ९ वटै स्थानीय तहमा १५ जनाकोे एन्टिजिन परिक्षण गरिएकामा ४ जना गरि जिल्लामा कुल १६ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चरिकोट दोलखाले आफ्नो दैनिकी अध्यावधिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

यसै गरी पछिल्लो चौविस घण्टामा १६ जनामा कोरोना संक्रमण देखिए संगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ८४ पुगेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

जिल्लामा हालसम्म २ हजार बढि संक्रमित संक्रमणमुक्त भएका छन् । जिल्लामा १ हजार ५ सय ५२ पुरुष र १ हजार २ सय १७ महिला गरि कुल २ हजार ७ सय ६९ जना निको छन् ।

संक्रमित मध्य १२ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने कोरोना संक्रमण देखिएका ४ सय ५६ जना होम आइसोलेशनमा बसि स्वास्थ लाभ लिइरहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!