Search

ऐतिहासिक शहर दोलखाको डापा खलक शक्ति संचय, साहस र ज्ञान प्राप्तीको लागि कालिन्चोक भगवतीको शरणमा (भिडियो सहित)

ऐतिहासिक शहर दोलखाको डापा खलक शक्ति संचय, साहस र ज्ञान प्राप्तीको लागि कालिन्चोक भगवतीको शरणमा (भिडियो सहित)

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
परापूर्वकाल देखि चलिआएको परम्परालाई यथावत राख्न कोभिड–१९ को भयावह स्थितिलाई थाती राखेर सामाजिक एवम् भौतिक दूरीको मान्यतालाई आत्मसात गरेर ऐतिहासिक शहर दोलखाका दुइटा टोली डापाखलक कालिन्चोकमाताको शरणमा गएर साहस, सामर्थ्य र बुद्धि ज्ञान प्राप्त गर्नकालागि त्यसतर्फ प्रस्थान गरेका छन् ।

यो डापा खलक बाजागाजाका साथ किन गएका हुन् र यसको मूल रहस्य के छ त ? भन्ने कौतुहलता जागेको हुनसक्ला यसबारे पौराणिक किंवदन्ती यस्तो सुनिनमा आएको छ ।

द्वापरयुग कालमा पृथ्वीमा देवताहरुले बास छोडेर अन्य लोकमा गएको मौका छोपेर राक्षस जातीका नरभक्षीहरुले मानव जातीलाई अत्यन्तै दुख दिए । मानवका धनजन र नारी जाती माथि विध्वंस मच्चाउन थाले पछि मानवमा त्राही माम भयो ।

ती दैत्य रुपी रान्क्षसको प्रवृत्ति कालरुपी देखेर सबै डराउन थाले । अनेकौं बिन्ती गर्दा नि राक्षसहरुले अत्याचार गर्न छाडेनन् । त्यसपछि देवताका राजा ईन्द्रले स्वर्गलोकबाट झरेर लड्न खोज्दापनि केही सीप नलागेकोले महादेवको शरणमा गएको हो ।

तर महादेवले आफैले वरदान दिएको राक्षसका मूल नायक महिषासुरलाई आफूले वध गर्न नमिल्ने भएकोले एउटा टापुमा रहेकी काली भगवतीलाई सम्झेर उनैकहाँ गएर सर सल्लाह लिनु समस्या सुल्झिनेछ भनेपछि देवराज ईन्द्र सहित त्यस क्षेत्रका साहसी मनुष्यहरु समेत गएर कालिन्चोक भगवती संग आराधना, प्रार्थना र स्तुति गर्ने अभिप्रायले यसरी डापा खलक गएको हो भन्ने किम्वदन्ती रहेको छ ।
आज कालिञ्चोक जाने डापा खलकहरु गठेमंगलका दिनको भोलीपल्टदेखी दोलखामा रहेका मठ–मन्दिरको परिक्रमा गर्ने तल्लोटोल र माथिल्लो टोलका स्थानिय वासिन्दाहरुको सहभागीता रहेको हुन्छ ।
डापाखलकको फोटो र भिडियो सम्प्रेशन गरी समाचार प्रकाशनको लागि सहयोग विन्दीया श्रेष्ठ दोलखाको रहेको छ ।

जुन कथनलाई हालसम्म मानेर दोलखावासीहरु कालिञ्चोक गएको भन्ने मान्यता स्थानिय वासिन्दाहरुको रहेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment