Search

भीमेश्वर नगरपालीका दोलखा स्थित बालमन्दिर र गौरीशंकर बालगृहका बालबालिकाहरुलाई समाजसेवी हेमा मानन्धरको सक्रियतामा खाद्यान्न, स्टेशनरी र स्वास्थ्य सामाग्री हस्तान्तरण

भीमेश्वर नगरपालीका दोलखा स्थित बालमन्दिर र गौरीशंकर बालगृहका बालबालिकाहरुलाई समाजसेवी हेमा मानन्धरको सक्रियतामा खाद्यान्न, स्टेशनरी र स्वास्थ्य सामाग्री हस्तान्तरण

अजय प्रधान
बाँपीझ्याला, दोलखा ।
भीेमेश्वर नगरपालिका वडा नं. २ दोलखा शहर स्थित बाल मन्दिरमा बालबालिकाहरुको लागि नेप्लिज फेसन होमको आयोजना र सक्रियता अनी नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघ, लायन्स क्लब अफ काठमाण्डौ टेम्पल भ्याली क्योकुशिन कराँते संघको सहयोगमा कार्यक्रमका प्रमुख अतिथी एवं पूर्व संचार मन्त्री माननिय पार्वत गुरुङको हातबाट खाद्यान्न सामाग्री, स्टेशनरी र स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

नेप्लिज फेसन होम काठमाडौंका अध्यक्ष दोलखाली चेलि हेमा मान्नधर, नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघ, लायन्स क्लब अफ काठमाण्डौ टेम्पल भ्याली क्योकुशिन कराँते संघका अध्यक्ष समाजसेबि अशोक कुमार श्रेष्ठको विशेष सहयोगमा नेपाल बाल संगठन दोलखाका पुर्ब अध्यक्ष एबं बालमन्दिर दोलखाका बिब्यास अध्यक्ष नेपाली दोलखाली युवा समाजसेबि राकेश श्रेष्ठको विशेष पहलमा २५ बोरा चामल, १० वटा टेबल, ४० थान चकटी, पुस्तक तथा स्टेशनरी, खेलकुद सामाग्रीहरु पोर्टेबल लाईब्रेरी, १ हजार वटा मास्क लगायत खाजा समाग्रि बालमन्दिर दोलखा र गौरीशंकर बालगृह चरिकोटमा बितरण गरिएको युवा समाजसेवी राकेस श्रेष्ठले बताउनु भयो ।

उक्त सामाजिक कार्यमा सहयोग गर्नु हुने सहयोगी दाताहरुमा अशोक कुमार श्रेष्ठ, अध्यक्ष, नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघ/ अध्यक्ष, लायन्स क्लब अफ काठमाण्डौ टेम्पल भ्याली क्योकुशिन कराँते, समाजसेवी हेमा मानन्धर, अघ्यक्ष ल्ँज् भ्खभलतक ७ँष्नजत ायच ीषभ ल्भउब,ि मिस नेवाः ११३९ बिजेता नितु डंगोल, मिस नेवा ११४० बिजेता कृषा महर्जन तथा उप–बिजेता प्रिया तण्डुकार, किड क्विन अपेक्षा शेरचन, समाजसेवी अनु उर्मिला शेरचन अभियान, लायन्स क्लब अफ बालाजु, रोटरी क्लब अफ बालाजु तथा समाजसेवी तथा पप ¥याप गायक निर्णय श्रेष्ठको उपस्थिती रहेको थियो ।

यसरी उपस्थित भई सहयोग र सद्भाव राख्नु हुने महानुभावहरुलाई बालमन्दिरको तर्फबाट मुरीमुरी हार्दीक धन्यबाद सहित आभार व्यक्त गरिएको छ भनी समाजसेवी श्रेष्ठले बताउनु भयो ।

कार्यक्रम नेपाल बाल संगठन दोलखाका पुर्ब अध्यक्ष एबं बालमन्दिर दोलखाका बिब्यास अध्यक्ष युवा समाजसेवी राकेश श्रेष्ठ सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!