Search

दोलखामा आज गुँन्ला जात्राको फूलपाती ! प्रस्तुती एक रोनक अनेक ! (भिडियो सहित)

दोलखामा आज गुँन्ला जात्राको फूलपाती ! प्रस्तुती एक रोनक अनेक ! (भिडियो सहित)

परापूर्व कालदेखि चलि आएको ऐतिहासिक, साँस्कृतिक एवम् पौराणिक दोलखा शहरमा लाखे जात्राको विसर्जनको दुईदिन अगाडि अर्थात् आज त्रयोदशीको दिनलाई स्थानीय दोलखाको नेवारी भाषामा “मेस स्यारी” (राँगो काट्ने) फूलपातीको रुपमा मनाईन्छ । आजको दिनमा दोलखा शहरको प्रमुख दुईवटा टोल माथिल्लो र तल्लो टोलको स्थान विशेष विभाजनको हिसाबले दुईवटा ठाउँमा लाखे नचाउने विधिवत् चलन रही आएको छ ।

पहिले देखि चल्दै आएको दुईवटा टोलको विशेष रौनकता नै तल्लो टोलको लाखे र माथिल्लो टोलको लाखेको जम्काभेटलाई निकै रोमाञ्चक, कौतुहल र उत्सुकता पूर्वक स्थानिय वासिन्दाहरुले हेर्ने गरिन्छ । तल्लो टोल भन्नाले राइती धारा पश्चिमी भागबाट दुङ्गल टोल सम्म मानिन्छ भने, माथिल्लो टोल भन्नाले डोकलुङा देखि माथिको क्षेत्रलाई मानिन्छ ।

प्रत्येक वर्षको यो गुँन्ला जात्राको आजको दिनलाई फूलपाती भनेर मानिदा आज राँगो काटेर मासुको बेचबिखन गर्ने र हरेकको घरमा मासुका परिकार बनाएर पारिवारीक जमघट गरि आ–आफ्नो टोलमा लाखे निकालेर रमाइलो गर्ने मनोरञ्जन पुर्ण दिन हो ।
यो दिनमा केही दशक पहिलेसम्म ती दुवैटोलमा आजको दिन को लाखे हुने भन्ने पहिले नै तय गरिन्थ्यो र दिउँसोको भोज खाई सकेपछि लाखे निकाल्ने सुरसारमा टोल नै थर्किने गरि ढोलक र झ्याम्टा बजाएर लाखे निस्कन लागेको पूर्व सूचना दिएर दर्शकलाई तैयारी रहन संकेत दिईन्थ्यो ।

यसबेला दिउँसो निकालिने लाखेको स्वरुप एउटै भएपनि तरिका फरक हुन्छ । दिउँसो निकालिने लाखेलाई स्थानीय दोलखाको नेवारी भाषामा “जोङ डाकस” भनिन्छ । यसको अर्थ समातेर नाचिने लाखे हो । यसबेला उक्त लाखेलाई दुवैतिरको पाखुरामा दुईजना ख्यालीेले समाएर ढोलकको तालमा दुवै गोडा खुट्टालाई दायाँबाट बायाँ र बायाँबाट दायाँ दोबारेर नाचिन्छ, स्थानीय नेवारी भाषामा लाखेलाई “राकस” र ख्यालीलाई “दाउरे” भन्ने गरिन्छ । यसमा बाजाको रुपमा ढोलक र झ्याम्टा मात्रै प्रयोग हुन्छ ।

झ्याम्टालाई बुस्येल भनिन्छ । डुम् पाकुन् डुम को संगीतमय तालमा यो लाखे नचाइदा अझै रौनक थप्नका लागि स्थानीय युवा भद्रहरुले “ओ है लाखे ओ है…” भन्दै पैसाको नोट देखाएर जिस्काइ दिने गर्छ र त्यो व्यक्तिलाई लखेट्दै पैसा हत्याउने प्रचलन् रहेको छ, तर जात्रा हेर्न आउने आगन्तुक दर्शकलाई भने जबर्जस्ति गर्ने प्रवृत्तिलाई चाहिँ रोक्नुपर्ने देखिन्छ । किनकि मनोरञ्जन गर्न आउने अतिथि दर्शकको मनमा वितृष्णा जाग्न सक्छ ।

जब दुई टोल बिचको लाखेको कुनै ठाउँमा जम्काभेट हुन्छ तब दुवै टोलका मान्छेहरुमा भय र कौतुहलता छाउन थाल्छ कि कतै झगडा पो पर्ने हुन् कि भनेर, यो कृयाकलाप नभएको पनि होइन, केही दशक अगाडि सम्म झगडा परि नै रहन्थ्यो । यसको प्रमुख कारण थियो मादक पदार्थको सेवन गरेर जात्रा मनाउनु। यसरी झगडा भएन भने जात्रा नै होइन जस्तो लाग्ने बानी परेको थियो । विगत दशकहरुमा । तर समयको परिवर्तित शिक्षा र ज्ञानले ओगट्न थालेपछि यो झगडा पर्न छोडेको छ । किनकि मनोरञ्जनमा सहमति र सामुहिक सहभागी नै उत्तम प्रवृत्ति हो भन्ने सबैले बुझ्न थालेको हुनुपर्छ ।

यसरी दुई टोल बिचको दिउँसोको लाखेलाई विश्राम दिईन्छ र सोही दिनको राती दुवै टोलबाट “नेपाल राकस” अर्थात् नेपाली लाखेको रुपमा हात नसमातिकन सुमधुर संगीतमा नचाईन्छ, यो खालको लाखे नचाउदा कुसले जातीले गुजराती (ठुलो शहनाई) ढोलक, झ्याम्टा र सानो च्याम्टा (छुस्येल) मिश्रित गरेर कर्णप्रिय धुनमा नचाईन्छ । दिउँसोको लाखेमा दुई खालका बाजा हुन्छ भने राति एकै खालका बाजा बजाईन्छ । यतिबेला पनि ख्याली (दाउरे) हरु हुन्छन् तर यतिबेला दिउँसोको जस्तो उपद्रो तालले होइन कि अति शालीन र सभ्य तरिकाले नाचेर मनोरञ्जन दिने गर्छन् ।

दिउँसोको लाखेमा समाउने दाउरेहरु हेर्ने दर्शकलाई लखे्टने लुट्ने र सानो शहनाई र ढोलकलाई साथमा राखेर नाच्छन् । यसरी दोलखामा आजको दिनलाई गुँन्ला जात्राको विशेष दिन फुलपाती मानिन्छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!