Search

बर्षको दुईचोटी चाँगु नारायण, लक्ष्मी र सरस्वतीको प्रतीक चाँदीको कलश काठमाडौ‌को तलेजुमा

बर्षको दुईचोटी चाँगु नारायण, लक्ष्मी र सरस्वतीको प्रतीक चाँदीको कलश काठमाडौ‌को तलेजुमा

बाँपीझ्याला, काठमाण्डौं । प्रत्येक वर्ष बर्षको दुईचोटी चाँगु नारायण, लक्ष्मी र सरस्वतीको प्रतीक चाँदीको कलश काठमाडौ‌को तलेजुमा ल्याउने चलन रहेको छ । यसरी पहिलो मिलापून्हीको दिन दोश्रो श्रावण शुक्ल द्वादशीको दिन ल्याउने गरिन्छ ।

द्वादशीको दिन गुन्पूहीको लागि क्वाँती भिजाएपनि भयो भन्ने सन्देश दिन यसरी तलेजुमा आगमन हुने गर्दछ भन्ने भनाई रहेको छ । यो दिन बिहान चाँगु नारायणबाट हिँडेर मूलपानी, दक्षिणढोका, जोरपाटी, खास्ती, चाबही,नक्साल, कमलादी गणेश रानीपोखरी जमल हुँदै हनुमानढोका तलेजुमा ल्याइन्छ । सो ल्याउने क्रममा बाटोमा दिइएको पूजा थाप्दै जमलमा पुगेपछी पूजा गर्ने परम्परा रहेको छ । यसै गरी त्यहाँ भगवानलाई शार्दुल जंग गुल्मका गुरुजु पल्टनले स्वागत गर्दै हनुमानढोका तलेजु मन्दिर प्रवेश द्वार ल्याइन्छ ।

सोही समयमा श्री लाय्कू कुमारी पनि स्वागतार्थ सहभागी हुन तलेजु प्रवेशद्वारमा आगमन हुन्छ । तीनवटै कलशलाई राजोपाध्याय पुजारीबाट स्वागत अर्थात लसकुस पूजा सकेपछि तलेजुका जोशी कर्माचार्य पुजारीहरुद्वारा श्री कुमारीको पनि पूजा गर्दछ । गुरुजु पल्टनद्वारा चार तोपको सलामी पश्चात ती कलशलाई तलेजुको मूलचोकसंगैको अर्को चोकमा रहेको आसनमा सुनको सिंहासनमा विराजमान गराइ राजपुरोहित, राजाको प्रतीक तरवारका साथै जोशी, कर्माचार्य, राजोपाध्य पुजारीहरुले पूजा गर्ने चलन रहेको छ ।

यसरी पूजा सकेपछि त्यहाँ उपस्थित सबै भक्तजनमा जल प्रसादका रुपमा दिन्छन् र पूजा पश्चात पहिला पहिला भए राजालाई हाल राष्ट्रपतिलाई दर्शन गराइ शोभा भगवतीमा बाकी रहेको जल विसर्जन गर्ने गरिन्छ । रेखा शाक्य, राजमति

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!