Search

ऐतिहासिक शहर दोलखा स्थित नव निर्मित भैरव कुमारी घरबाट जात्रा निकाल्ने तयारी

ऐतिहासिक शहर दोलखा स्थित नव निर्मित भैरव कुमारी घरबाट जात्रा निकाल्ने तयारी

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला ऐतिहासिक नगर भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा स्थित टसिचा टोलमा कुमारी भवन निर्माणाधिन अवस्थामा रहेको छ कुमारी घर निर्माण अन्तिम चरणमा पुगेको छ । मल्लकालिन कला कौशललाई झल्काउने अनी परम्परागत नेवारी शैलिका बुट्टाका झ्याल ढोकाहरु हालेर निर्माण हुन गईरहेको उक्त भवन अनुमान गरेको भन्दा आकर्षक र ऐतिहासिकता देखिएको छ ।

भीमेश्वर नगरपालीकाको वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठको विशेष पहल र समाजसेवी गोपाल प्रधानको संयोजनमा निर्माण हुन गईरहेको उक्त भवन निर्माणको लागि हालसम्म भीमेश्वर नगरपालीका वडा नं. २ तथा समाजसेवी लक्ष्मण श्रेष्ठ लगायत ६० जना जना सहयोगी दाताहरुबाट करिव ४३ लाख रकम सहयोग प्राप्त भईसकेको र सहयोग आउने क्रम जारी रहेको छ भनी निर्माण समितिका संयोजक गोपाल प्रधानले बताउनु भयो ।

यसरी निर्माण भईरहेको भवनबाट यही भाद्र ८ गतेदेखि निकालिने भैरव कुमारी जात्रालाई मध्यनजर गरी निर्माण कार्य तिव्र रुपमा गरि रहेकोले जात्रा यही नव निर्मित घरबाट निकाल्ने कुरामा आफु विश्वस्त रहेको वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठले बताउनु भयो ।

भवन निर्माणको काम अन्तिम अन्तिममा पुगेपनी तामाको छाना राख्ने, ढोकाको खापाहरु राख्ने लगायत अन्य महत्वपूर्ण कामहरु बाँकी रहेको छ । यसै गरी हालसम्मको खर्च रकम समेत गरी जम्मा निर्माण सम्पन्नको लागि रकम ७० देखि ७५ लाख खर्च हुने अनुमान गरिएको छ । प्राप्त भईसकेको सहयोग रकममा केही रकम आउन बाँकी लगायत अन्य आवश्यक रकम समयमै सहयोगी दाताहरुबाट सहयोग प्राप्त भएमा यही महिनामा निर्माण कार्य सम्पन्न हुनेछ भनी वडाध्यक्ष श्रेष्ठले बताउनु भयो ।

नेपालको एकमात्र रात्रिकालिन भैरव कुमारी जात्रा दोलखामा हुने गरेकोले सम्पूर्ण जात्राप्रेमी, शुभचिन्तक नेपाली दाजुभाईहरु कोभिड १९ को संक्रमणको कारण प्रत्यक्ष आएर हेर्न नपाएपनी हामीले बाँपीझ्याला अनलाईनका साथै अन्य स्थानिय सञ्चारका माध्यमहरु लगायत सामाजिक सञ्जाल मार्फत यहाँहरुको माझमा जात्राको जानकारी सार्बजनिक गराईने समेत वडाध्यक्ष श्रेष्ठले बताउनु भयो ।

निर्माण सम्पन्न भए पश्चात यस भवन निर्माणको लागि प्राप्त सहयोगीादाताहरुको नाम कसरी भवनमा राख्ने र यसको लागि कस्तो प्रविधी अपनाउने भन्ने बारेमा छलफल भईरहको निर्माण समितीका सचिव शुरेस श्रेष्ठले बताउनु भयो । यसै गरी सम्पूर्ण काम पुरा भए पश्चात भैरव कुमारी घर निर्माण कार्यको लागि सहयोग प्राप्त भएका सहयोगी दाताहरुको नाम र यसको फेरिस्त खर्च समेत सार्वजनिक गर्ने कुरा पनी सचिव श्रेष्ठले बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!