Search

प्युटारको तरकारी हप्तामा दुई दिन बल्खु बजार

प्युटारको तरकारी हप्तामा दुई दिन बल्खु बजार

बाँपीझ्याला, काठमाण्डौं । गोलिक विकट दक्षिण ललितपुरको बागमती गाउँपालिका–४ प्युटारमा उत्पादन भएका विभिन्न प्रकारका ताजा तरकारी अबदेखि मङ्गलबार र शनिबार बल्खुको तरकारी बजारभित्र खरिद गर्न पाइने भएको छ ।

सो क्षेत्रमा प्रशस्त मात्रामा थरि–थरिका तरकारी उत्पादन हुने तर किसानले बजारमा बिक्री गर्नेतर्फ ध्यान दिन छाडेसँगै गाउँवासीको जीवनस्तर उकास्न र काममा जोशिलो बनाउन वडाले तरकारी बल्खु पु¥याउने व्यवस्था मिलाएको हो । तरकारी उत्पादनका लागि सो क्षेत्र निकै मलिलो भएकाले सबै प्रकारका तरकारी फल्ने गर्छन् ।

आजभोलि गाउँवासी दैनिक निर्वाहमुखी मात्र भई कमै मात्रामा व्यवसायमुखी बन्दै जाँदा उक्त कार्यमा आकर्षण बढाउन हप्तामा दुई दिन तरकारी बल्खु बजार पु¥याउने व्यवस्था गरिएको वडाध्यक्ष नारायणबहादुर घलेले बताए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!