Search

अभिनेत्री अजितालाई धम्की

अभिनेत्री अजितालाई धम्की

बाँपीझ्याला, एजेन्सी । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि विद्रोही समूहको डरले धेरैले देश छोड्न थालेका छन् । अफगानिस्तानमा तालिबानको शासन लागू हुने भएपछि त्यहाँको अवस्था र अफगानी जनताका लागि प्रार्थना गरिरहेका छन् । अफगानिस्तानका जनताहरु बेसहारा भएपछि अफगानी मुलकी हलिउड अभिनेत्री अजिता गनीजादाले लगातार निर्दोष जनताहरुका लागि आवाज उठाइरहेकी छन् ।

र, उनले तालिबानका विभिन्न क्रियाकलापहरु पनि बाहिर ल्याउन थालेकी छन् ।

तर, तालिबानका लडाकुहरुलाई अभिनेत्रीले वकालत गरेको मन पराएनन् । उनीहरुले अभिनेत्री अजितालाई धम्की दिन थालेका छन् ।

अभिनेत्री अजिताले सामाजिक सञ्जालमार्फत अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि प्रश्न गरेकी थिइन् । उनले अफगानीस्तानका जनताका लागि बाइडेनसँग न्याय समेत मागेकी छन् ।

उनले तालिबानका झुठको पर्दाफास गर्दै आएकी छन् । उनले आफ्ना पूराना फोटो र भिडियो शेयर गर्दै लेखेकी छन्, ‘हरेक मिनेटमा चिज बदलिन्छ । मलाई तालिबानका म्यासेज आइरहेका छन् । ‘डियर गर्ल चिन्ता नगर्नु, प्रोपोगान्डा फैलाउन बन्द गर ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!