Search

एमालेको नौ भाईको वक्तव्य, १० बुँदे सहमति कार्यान्वयन नहुँदा पार्टी फुटेको निष्कर्ष

एमालेको नौ भाईको वक्तव्य, १० बुँदे सहमति कार्यान्वयन नहुँदा पार्टी फुटेको निष्कर्ष

बाँपीझ्याला, काठमाण्डौं । एमाले एकताका लागि सक्रिय रहँदै आएका ९ नेताले संयुक्त वक्तव्य जारी गरेका छन् । बिहीबार ९ नेताले संयुक्त वक्तव्य जारी गर्दै १० बुँदे सहमति कार्यान्वयन नहुँदा पार्टी फुटेको निष्कर्ष निकालेका छन् ।

बिहीबार राति युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्तले संयुक्त विज्ञप्ति जारी गर्दै १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न सकेको भए त्यो एकताको बलियो आधार रहेको दाबी गरेका छन् ।

‘त्यो सिफारिस एकताको बलियो आधार थियो, त्यसले पार्टी पंक्तिमा आशा र उत्साह जगाएको थियो । तर, त्यस सिफारिसलाई नेताहरुले ग्रहण गर्न र समझदारी लागू गर्न नसक्दा पार्टी नै विभाजन हुने स्थिति सिर्जना भएको उक्त वक्तव्यमा भनिएको छ ।

माधव नेपाल पक्षका १४ सांसदमाथि गरिएको कारवाही तत्काल फिर्ता लिन उनीहरूले माग गरेका छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment